Comments Add Comment

प्रहरी गोली लागेर मृत्यु भएका सिंहलाई शहीद घोषणा गर्न सिफारिस

१८ असार, लालबन्दी । सर्लाहीका स्थानीय प्रशासन र राजनीतिक दलहरुबीच १४ बुँदे सहमति भएको छ । यससँगै ईश्वरपुरमा केही दिनदेखि जारी तनाव अन्त्य भएको छ ।

बाँके खोलाको भंगालोमा परी बालक अमित रायको मृत्यु भएको विषयमा स्थानीयले प्रदर्शन गर्दा प्रहरीले चलाएको गोली लागेर सरोजनारायण सिंहको मृत्यु भएको थियो । घटनाको विरोधमा स्थानीय आन्दोलनमा उत्रिएका थिए ।

बुधबार भएको वार्तामा प्रहरीको गोली लागेर मृत्यु भएका सिंहलाई शहीद घोषणा गर्न स्थानीय प्रशासनले अनुसोध गर्ने, उनकी पत्नी रंगिलाकुमारी महतोलाई वडा नम्बर १३ को कार्यालय सहयोगी नियुक्त गर्न र छोरालाई निःशुल्क उच्च शिक्षाको व्यवस्था मिलाउने सहमति भएको छ । साथै बाँके चोकमा उनको शालिक निर्माण गर्न नगरपालिका र वडा नम्बर १३ लाई अनुरोध गर्ने सहमति छ ।

बाँके नदीमा डुबेर मृत्यु भएका बालकको परिवारलाई ५ लाख रुपैयाँ राहत दिने सहमति भएको छ । दुबै परिवारलाई २५ हजार किरिया खर्च दिने, घाइते राजकुमार महरालाई ५० हजार उपचार खर्च दिने, अरुको पनि उपचार खर्च व्यर्होर्ने र घटनामा दोषीलाई कारबाही सिफारिस गर्ने सहमति पनि भएको छ ।

यस्तै बाँके खोलाका सिमाना कायम गर्न प्रदेश सरकारलाई अनुरोध गर्ने, मापदण्ड विपरीत नदी उत्खनन गर्न नदिने र खाल्डा पुर्ने सहमतिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment