+
+

साउदी जेलमा रहेका जलेश्वरको रिहाइका लागि ३८ लाख हस्तान्तरण

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १८ गते १८:०३

१८ असार, काठमाडौं । विगत ३० महिनादेखि साउदी अरेबियाकोे जेलमा रहेका चितवन खैरहनी नगरपालिका-१० गुठौलीका जलेश्वर चौधरीको रिहाइका लागि संकलित ‘ब्लडमनी’ हस्तान्तरण गरिएको छ ।

सामाजिक स्वयंमसेवक नेपाल मिसन चितवन र मिसन झापाको नेतृत्वमा संकलित ३८ लाख १५ हजार रकम बुधबार रिपोर्टस क्लव नेपालमा पीडितका बुवा सुकरा महतोलाई हस्तान्तरण गरिएको हो ।

उक्त ‘ब्लडमनी’ साउदी सरकारलाई पठाउने तयारी भैसकेको संस्थाका उपाध्यक्ष सागर लामिछानेले जानकारी दिए ।

गाडी चलाउने क्रममा साउदी नागरिकको मृत्यु भएपछि बिगत ३० महिनादेखि जेलमा रहेका चौधरीको रिहाइको पहल गर्न गैरआवासीय नेपाली संघ साउदीबाट ४ लाख ५० हजार सहयोग गर्ने प्रतिवद्वता आएकोे र उक्त रकम साउदीबाट सिधै हस्तान्तरण हुने लामिछाने जानकारी दिए ।

उनले वैदेशिक रोजगारीको सिलसिलामा विदेशिएका नेपाली नागरिकहरुलाई परेको अप्ठ्यारोमा आफूहरुले सहयोग गर्दे आएको विश्वास दिलाए ।

वैदेशिक रोजगारीको नाममा ठगिएका तथा अलपत्रमा परेकाहरुको उद्धारकै निम्ति आफू इन्डोनेसियाको बालीसम्म पुगेकोे पनि उनले स्पष्ट पारे ।

उनले भने, ‘योभन्दा पहिला पनि राष्ट्र परिवर्तनको लागि युवा अभियानहरु संचालन गर्दै भ्रष्ट्राचार, विकृती तथा विसंगतिकाविरुद्व अभियान चलाउदै आएका छौं ।’ पीडितहरुको सहयोगार्थ आफूले सहयोकमुलक कार्यहरु गर्दै आएको उनको भनाइ छ ।

जेलमा रहेका चौधरी जी.आर. मेनपावरको गैरजिम्मेवारीपूर्ण कारणले जीवनमरणको दोसाँधमा पुगेको लामिछानेले बताए । उनले थपे, ‘साउदी सरकारले ब्लडमनीमा सहमति जनाउँदा पनि राजनैतिक तवरबाट आश्वासनबाहेक कुनै सहयोग नपाए पनि सहयोगी हातहरुले आज एकजना नेपालीको ज्यान बचाउने अभियानमा लागेका हौं ।’

पीडित चौधरीका बुवा सुकरा महतोले आफ्नो छोरो केही पैसा कमाउन गएको तर झण्डै मृत्युको मुखमा पुगेको सुनाउँदै अन्ततः मृत्युको मुखबाट बचाएर घर र्फकने वातावरण बनाउने संस्थाप्रति धन्यवाद दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?