१८ असार, डोटी । डोटीमा सर्पको टोकाइबाट बुधबार एक महिलाको मृत्यु भएको छ ।
शिखर नगरपालिका-२ को कालागाड बस्ने रामबहादुर कार्कीकी श्रीमती जमुनादेवी कार्कीको मृत्यु भएको हो । बिहान ९ बजेतिर खेतमाकामगर्न जाने क्रममा ४२ बषर्ीया कार्कीलाई सर्पले टोकेको थियो ।
उनलाई उपचारका लागि सुजङ्ग अस्पताल राजपुरमा पुर्याइएको थियो । थप उपचारका लागि नेपाली सेनाको सुदूरपश्चिम पृतना हेडक्वाटरमा रहेको सर्पदंश उपचार केन्द्रमा उपचार गराउने क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जानकारी दिए ।
प्रहरी मुचुल्का तयार गर्न जिल्ला प्रहरी कार्यालय, डोटीका प्रहरी निरीक्षक सुरेन्द्र बमको टोली मृत्यु भएको स्थलतर्फ गइसकेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4