Comments Add Comment

प्रभाष र श्रद्धाको ‘साहो’मा ज्याकलिनको आइटम

अगष्ट १५ मा रिलिज हुन लागेको साउथका सुपरस्टार प्रभाष र नायिका श्रद्धा कपुरको चलचित्र ‘साहो’ अहिले चर्चामा छ । बर्षकै खतरनाक एक्सन चलचित्र भनेर प्रचार गरिएको ‘साहो’लाई हिट बनाउन यसका निर्माताले कुनै कसर बाँकी राखेका छैनन् ।

महंगो बजेटमा बनेको यो चलचित्रमा प्रभाष र श्रद्धा खतरनाक एक्सन दृश्यमा देखिनेछन् । ‘बाहुबली’को सफलतापछि प्रभाषप्रति दर्शकको आशा निकै बढेको छ । यसैविच, यो चलचित्रका लागि एक आइटम गीतको छायांकन गरिएको छ । आइटम गीतलाई अष्ट्रियामा खिचिएको छ । आइटम गीतमा बलिउडकी हटकेक नायिका ज्याकलिन फर्नान्डेजले नृत्य गरेकी छिन् । अष्ट्रियामा चलचित्रको छायांकन सकेर ज्याकलिन भारत फर्किएकी छिन् ।

चलचित्रको टिजर सार्वजनिक भैसकेको छ । टिजरमा प्रभाषको एक्सनले दर्शकको ध्यान खिचेको छ । अब, प्रभाष र ज्याकलिनको आइटमले तहल्का मच्चाउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment