Comments Add Comment

सिड्नीमा नेपाली सामुदायिक भवन निर्माण प्रकृया सुरु

 सिड्नी / अस्ट्रेलियाको नेपालीहरु बढी भएको शहर सिड्नीमा सामुदायिक भवन निर्माणको पहल अगाडि बढाइएको छ ।

बिहीबार दिउँसो न्यु साउथ वेल्सका लागि नेपाली महाबाणिज्यदूत दीपक खड्कासहितको एक टोलीले पश्चिम  सिड्नीको कम्बर्ल्याण्ड काउन्सिलमा विकास निवेदन दर्ता गराएको छ ।

अस्ट्रेलियाको नेपाली समुदायका अगुवाहरु इन्द्रा वन, डा. सम्शेर सिंह थापा, गोवा कट्वाल, प्रदीप ढकाललगायतको टोली बिहीबार काउन्सिलको कार्यलय पुगेर उक्त निबेदन दिएको थियो ।

पूर्ण ब्यबसायिक ढाँचामा बन्ने यो सामुदायिक भवनका लागि परिकल्पना निर्माणदेखि अहिलेसम्म निरन्तर खटिरहेका अस्ट्रेलियाका नेपाली कानून ब्यबसायी डा. शम्शेर सिंह थापाका अनुसार – २०१३ देखि सुरु भएको सामुदायिक भवन निर्माणको महत्वपूर्ण चरणको काम बिहीबार सकिएको छ ।

उनले कानुनी प्रकृया पूरा गर्न समय लागे पनि दर्ता भएपछि निर्मान कार्य सुरु हुन समय नलाग्ने बिस्वाश ब्यक्त गरे । उनले भने – यो नेपालीहरुका लागि गौरवको कुरा हो, सम्पूर्ण सुबिधासहितको अत्याधुनिक तर नेपाली मौलिक शैली र संरचनाको भवन निर्मण हुने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment