Comments Add Comment

नेपालको नजर समूह विजेता

१९ असार, काठमाडौं । नेपालले एसीसी यू-१९ एसिया कपको पूर्वी क्षेत्र छनोट प्रतियोगितामा समूह ‘ए’ को आफ्नो अन्तिम खेलमा भोलि सिंगापुरसँग प्रतिस्पर्धा गर्दैछ ।

किनरारा ओभलमा नेपालले शुक्रबार विहान सिंगापुरसँग समूह ‘ए’ को अन्तिम खेल खेल्न लागेको हो । सिंगापुर र नेपाल दुबै टिम यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

भोलि हुने खेलले समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ । कमजोर मानिएको सिंगापुरविरुद्ध नेपाल जित हात पार्दै समूह विजेता बन्ने लक्ष्यमा हुनेछ । यता, सिंगापुर भने नेपाललाई रोक्ने दाउँमा छ ।

यसअघि भएको खेलमा दुबै टिमले चीनलाई पराजित गरेको थियो । नेपालले आफ्नो पहिलो खेलमा चीनलाई १० विकेटले पराजित गरेसँगै सेमिफाइनलमा स्थान बनाएको थियो । यता, सिंगापुरले पनि चीनलाई आठ विकेटले हराएको थियो ।

त्यस्तै, समूह ‘बी’ को हङकङबीचको खेल पनि शुक्रबार नै हुनेछ । यसअघि हङकङले एक खेलमा जित हात पारेको छ । यता, भुटानले भने आफ्नो पहिलो खेल हारेको छ ।
प्रतियोगिताको विजेताले श्रीलंकामा हुने एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिता खेल्न पाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment