Comments Add Comment

युभेन्टस फर्किए बुफन

१९ असार, काठमाडौं । जालुइजी बुफन इटालियन पूर्व क्लब युभेन्टस फर्किएका छन् ।

४१ वर्षीय गोलकिपर बुफन गत सिजनमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) गएका थिए । आज (बिहीबार) विहान उनको मेडिकल टेष्ट गरेपछि इटालियन सिरि ए च्याम्पियन क्लब युभेन्टस फर्किएका हुन् ।

१७ वर्ष इटालियन क्लब युभेन्टसमा रहेका उनी गत सिजनमा पीएसजी पुगेका थिए । तर एक वर्षपछि उनी फेरि आफ्नै देशको घरेलु टिम युभेन्टस फर्किएका हुन् ।

उनले सन् २००१ देखि २०१८ सम्म युभेन्टसबाट खेलेका थिए । फेरि पूरानै क्लबमा फर्किएपछि युभेन्टसले स्वागत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment