Comments Add Comment

विश्वकप सेमिफाइनल समीकरण आज पूरा हुँदै

सेमिफाइनलमा न्युजिल्यान्ड कि पाकिस्तान ?

२० असार, काठमाडौं । विश्वकप क्रिकेटको सेमिफाइनल समीकरण आज पूरा हुदैछ । बंगलादेशविरुद्ध आज पाकिस्तानले प्रतिस्पर्धा गर्दै गर्दा न्युजिल्यान्ड र पाकिस्तानमध्ये एक टिम विश्वकपको सेमिफाइनलमा प्रवेश गर्नेछ ।

लण्डनस्थित लर्ड्समा नेपाली समयअनुसार दिउँसो ३ बजेर १५ मिनेटमा पाकिस्तान र बंगलादेशबीचको खेल सुरु हुनेछ । सेमिफाइनल पुग्नको लागि यो खेल एकदमै महत्वपूर्ण रहेको छ ।

आज खेलमा पाकिस्तानले बंगलादेशलाई भारी अन्तरले पराजित गरेको खण्डमा मात्रै विश्वकपको सेमिफाइनलमा प्रवेश गर्नेछ । यदि पाकिस्तानविरुद्ध बंगलादेशले सुरुमै टस जितेर ब्याटिङ गर्ने निर्णय गरे खेल सुरु हुनुअघि नै पाकिस्तान विश्वकपबाट बाहिरिनेछ ।

पाकिस्तानले सुरुमा ब्याटिङ गर्दै ४०० भन्दा माथि रन बनाउनु पर्छ । यस्तो भएको खण्डमा पाकिस्तानले बंगलादेशलाई ३०० रन भन्दा धेरैले जित्न सके मात्रै उसको विश्वकपको सेमिफाइनलमा पुग्ने सम्भावना हुन्छ । यो असम्भव जस्तै छ ।

न्युजिल्यान्ड विश्वकपको सेमिफाइनलमा पुग्ने लगभग पक्का पक्की जस्तै देखिएको छ । न्युजिल्यान्डको ११ अंक छ भने उसको प्लस ०ं१७५ नेट रनरेट छ । यता, पाकिस्तानको भने माइनस ०.७९२ नेट रनरेट छ । आजको खेलमा पाकिस्तानले बंगलादेशलाई हराए ११ अंक त हुन्छ तर नेट रनरेटको आधारमा न्युजिल्यान्ड विश्वकपको सेमिफाइनलमा पुग्न सक्छ ।

आजको खेलमा पाकिस्तानविरुद्ध बंगलादेश स्पष्ट जितको खोजीमा हुनेछ । विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेको बंगलादेश राम्रो टिम हो । आफ्नो अन्तिम खेलमा पाकिस्तानलाई हराउँदै सुखद अन्त्य गर्न चाहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment