Comments Add Comment

नयाँ बजेटसँगै भारतमा सुन र इन्धनमा लाग्ने कर थपियो, नेपाली बजार प्रभावित हुने

२० असार, काठमाडौं । भारतमा शुक्रबार सार्वजनिक गरिएको नयाँ बजेटले इन्धन र सुनमा थप कर लागाउने नीति लिए पछि यसको असर नेपाली बजारमा पनि पर्ने सक्ने देखिएको छ । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले पेश गरेको बजेटमा सुन र कच्चा इन्धनको आयतमा लाग्ने शुल्क वुद्धि गरिएको छ ।

नयाँ बजेटसँगै भारतमा सुनमा लाग्दै आएको आयात शुल्क १० प्रतिशतबाट बढेर १२.५ प्रतिशत पुगेको छ भने कच्चा तेल आयातमा सडक तथा पूर्वाधार कर नाममा एक रुपैयाँ थपिएको छ । बजेटको उक्त व्यवस्थाले भारतीय बजारमा सुन र इन्धनको मूल्य महँगो हुनेछ ।

भारतीय बजारमा उतार चढाव हुने सुनकेा मूल्यले नेपाली बजारलाई प्रभाव पार्ने नेपाल सुनचाँदी व्यवसायी महासंघ वरिष्ठ उपाध्यक्ष मनिकरत्न शाक्याले बताए । सुनको मूल्य बढ्ने सम्भावना रहे पनि यति नै बढ्छ भनेर यकिन चै अहिलै गर्न नसक्ने शाक्यको भनाइ छ ।

इन्धनमा लगाइएको थप करले नेपालले आयत गर्ने पेट्रोलियम पदार्थको मूल्यमा सामान्य वृद्धि हुने नेपाल आयत निगमले जनाएको छ । निगमका अनुसार भारतीय बजेटकै कारण देखाएर तत्कालै पेट्रोलियम पदार्थको मूल्य भने नबढ्ने प्रष्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment