Comments Add Comment

किन घट्यो सामसुङको नाफा ? ३ महिनामा साढे ५ अर्ब मुनाफा

दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी सामसुङको मुनाफामा उल्लेखनीय रुपमा कमी आएको छ ।

सन् २०१९ को दोश्रो त्रैमासिकको रिपोर्ट अनुसार यो अवधिमा सामसुङले जम्मा ५ अर्ब ६० करोड अमेरिकी डलर बराबरको रकम मात्र मुनाफा कमाउन सफल भएको छ ।

यो अवधिमा सामसुङका ग्यालेक्सी एस १०, ग्यालेक्सी एस टेन प्लस, एस टेन इ लगायतका फ्लागसीप स्मार्टफोन लञ्च हुनुका साथै ग्यालेक्सी ए र एम सिरिजका नयाँ स्मार्टफोन बजारमा आएका भएपनि सामसुङको मुनाफामा ठूलो गिरावट आएको हो ।

सामसुङले पछिल्लो त्रैमासिकमा कमाएको उक्त मुनाफा गत वर्षको सोही अवधिको तुलनामा ६५ प्रतिशतले कम हो । त्यस्तै कूल आम्दानीमा पनि ४ प्रतिशतले कमी आएको छ ।

सामसुङको पछिल्लो त्रैमासिक मुनाफा सन् २०१३ पछिको सबैभन्दा कम हो । सन् २०१३ मा ग्यालेक्सी नोट सेभेनका कारण विवाद तथा समस्यामा परेको उक्त समयमा सन् २०१३ केा तेश्रो त्रैमासिकमा सामसुङको मुनाफामा उल्लेखनीय कमी आएको थियो ।

सन् २०१९ को दोश्रो त्रैमासिकमा सामसुङको मुनाफामा गिरावट आएको भएतापनि कम्पनीका लागि एउटा खबर भने सुखद रहेको छ । त्यो के भने यो अवधिमा सामसुङकेा मुनाफाका लागि उसको प्रतिस्पर्धी कम्पनी एप्पलकेा ठूलो भूमिका छ ।

रोयटर्सको रिपोर्ट अनुसार दुई कम्पनीबीच भएको सम्झौता अनुसार एप्पलले ओएलइडी स्कृनको लक्ष्य पूरा गर्न नसक्दा सामसुङले साढे ६८ करोड डलर कमाउन सफल भएको हो ।

आइफोनका लागि ओएलइडी स्कृन सामसुङ तथा एलजीले आपूर्ति गर्ने गरेका छन् । तथापि आइफोन एक्सका लागि भने एप्पलले सामसुङको मात्र ओएलइडी प्रयोग गरेको बताइएको छ । यद्यपि यसका बारेमा दुबै कम्पनीले अहिलेसम्म मुख खोलेका छैनन् ।

पछिल्लो त्रैमासिकमा मुनाफामा भएको उच्च गिरावटको कारण के हो ? भन्ने बारेमा सामसुङले आधिकारिक रुपमा केही खुलाएको छैन । तथापि विश्लेषकहरुमा अनुसार चिनिया कम्पनी हुवावेमाथि अमेरिकाले लगाएको प्रतिबन्धपछि सामसुङको चिप व्यापारमा उल्लेखनीय रुपमा कमी आउनु पनि सामसुङको मुनाफा घट्नुको एउटा कारण हो ।

तथापि हुवावेमाथिको प्रतिबन्धले अर्कोतर्फ सामसुङलाई फाइदा पुगेको र कतिपय बजारमा हुवावेको स्थान लिन सकेको पनि बताइएको छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment