+
+
Shares

सरकारलाई तरुण दलको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २२ गते १५:३७

२२ असार, काठमाडाैं । कांग्रेस आबद्ध नेपाल तरुण दलले भारतबाट आयात हुने तरकारीमा विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछि हटेकोमा आपत्ति जनाएको छ । आइतबार तरुण दलका कार्यवहाक अध्यक्ष उत्तमकुरमार चापागाईँले विज्ञप्तिमार्फत सत्ता जोगाउन सरकार झुकेको आरोप लगाएका हुन् ।

सत्ताको स्वार्थ हेरेर तरकारी तथा फलफूलको विषादी परीक्षणविना नेपाल भित्र्याउने निर्णय गरेर जनताको स्वास्थ्य र जीवनप्रति गम्भीर खेलबाड गरेको तरुण दलको आरोप छ विज्ञप्तिमा भनिएको छ, ‘सरकारका यस्ता प्रकारका हचुवामा गरिएका जनविरोधी अपरिपक्व र बलहठबाठ भएका निर्णयहरुबाट एकपछि अर्को विवाद निम्त्याउने र मुलुक र राष्ट्रियता एंव लोकतन्त्रको खिल्ली उडाउने काम भइरहेको छ ।’

जनताको अधिकार र लामो राजनीतिक संघर्षपछि प्राप्त लोकतान्त्रिक उपलब्धिमाथि नै प्रहार हुने यो निर्णय नसच्चिने हो भने जस्तोसुकै कदम चाल्न बाध्य हुने चेतावनी दिँदै तरुण दलले त्यसबाट हुने जाने परिणामको जिम्मा सरकार नै लिनुपर्ने बताएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?