Comments Add Comment

सुदूरपश्चिम प्रदेशसभाको अवरोध हट्यो

२२ असार, कैलाली । आठ पटकसम्म अवरुद्ध भएको सुदूरपश्चिम प्रदेशसभाको बैठक आइतबार बसेको छ ।

असार १ गते बजेट प्रस्तुत भएपछि लगातार संसद अवरुद्ध गर्दै आएको प्रतिपक्षी नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपालले सत्तारुढ दलसँग सहमति गरेपछि प्रदेशसभा सञ्चालन भएको हो ।

आइतबारको बैठकमा मुख्यमन्त्री त्रिलोचन भट्ट र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले संम्वोधन गरेका छन् । मुख्यमन्त्री भट्टले प्रतिपक्षी दलहरुले राखेका गौरवका योजना बजेटमा राख्न संघीय सरकार समक्ष पहल गर्ने आश्वासन दिए । कांग्रेस संसदीय दलका नेता रावलले गौरवका योजनालाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताए ।

आइतबारको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले प्रदेशसभामा आर्थिक बर्ष २०७६÷०७७ को बजेटमाथिको छलफल सुरु गर्न प्रस्ताव राखेका छन् । अब सोमबारदेखि बजेटमाथि छलफल हुनेछ ।

यसअघि बजेटले आफ्ना मागहरु सम्बोधन नगरेको, गौरबका योजनाहरुमा बजेट नराखेको आफू र आफ्ना निटकमा प्रयाप्त बजेट दिएको भन्दै नेपाली कांग्रेस र राजपाले विरोध जनाउँदै आएका थिए ।

बजेटमा सत्तापक्षकै सांसदले समेत असहमति जनाएपछि मुख्यमन्त्रीले प्रतिपक्ष र सत्तापक्षका सांसदहरुको माग सम्बोधन हुने गरी बजेट हेरफेर गर्ने प्रतिवद्धता जनाएपछि सहमति जुटेको एक नेताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment