Comments Add Comment

खुसीको खबर भन्दै प्रचण्डले सुनाए ओलीसँग भएको सहमति

२२ असार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदनमा सहमति जुटेको बताएका छन् । उनका अनुसार भोलि प्रकाशनमा जानेछ ।

नेपाल दुरसञ्चार राष्ट्रिय कर्मचारी संगठनको एकता महाधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘एउटा खुसीको खबर सुनाउन सक्ने भएर आएको छु । आज विहान मात्रै बालुवाटारमा प्रधानमन्त्री र मेरोबीचमा एक वर्षदेखि सम्पूर्ण रुपले सहमति भएर प्रकाशनमा जान नसकेको राजनीतिक प्रतिवेदन टुंग्याइएको छ । त्यो भोलि प्रकाशनमा जाँदैछ ।’

पार्टी एकतामा यो ठूलो काम भएको उनले बताए । राजनीतिक प्रतिवेदन नहुँदा विचार, सिद्धान्त के हो ? कुन नेताले भनेको पार्टीको लाइन हो भन्ने परेको भन्दै प्रचण्डले भने, ‘आजबाट त्यो कम्फ्यूजन अन्त्य गर्ने निर्णय गरेका छौं ।’

उनले पार्टी एकता घोषणा गर्दा अबको महाधिवेशन एकताको हुने र त्यसमा विचार, राजनीति र नेतृत्वसम्वन्धी निर्णय सहमतिबाट गरिनेछ भनेर शीर्ष नेताहरुले हस्ताक्षर गरेको उनले स्मरण गराए ।

यो पनि पढ्नुहोस एकताको १३ महिनापछि राजनीतिक दस्तावेजमा सहमति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment