Comments Add Comment

पूर्वमा इन्धन अभाव, ट्याङ्करमा लाग्यो ‘टाइम कार्ड’

२२ असार, विराटनगर । सीमावर्ती भारतीय बजार फारबिसगञ्जको नगरस्तरीय प्रशासन कार्यालयले अवरोधका कारण पूर्वमा इन्धन आपूर्ति असहज भएको छ ।

गत शुक्रबारदेखिको अवरोधका कारण नेपाली ट्याङ्करले भारतबाट इन्धन ओसार पसार गर्न सकेका थिएनन् । ट्याङ्कर चालकहरुले सीमावर्ती क्षेत्र जोगबनीमा भारतीय प्रहरीले विभिन्न बाहनामा दुख दिएको भन्दै गत शुक्रबारदेखि ढुवानी रोकेका थिए ।

जिल्ला प्रशासन कार्यालय मोरङको पहलमा सीमावर्ती फारबिसगञ्जको प्रशासनसँग अनुरोध गरेर आइतबारदेखि निश्चित समय मात्र ट्याङकर चल्ने गरी टाइम कार्ड लागू गरिएको छ ।

आयल निगमका प्रदेश १ प्रमुख दिनेश यादवले स्थानीय प्रशासनको अनुरोधमा भारतको फारबिसगञ्जको प्रशासनले बिहान ६ देखि ८ र राति १० देखि १२ बजेसम्म ग्यास बुलेट र पेट्रोलियम पदार्थका ट्याङ्कलरी मात्र आउने व्यवस्था मिलाइएको छ ।

पेट्रोलियम पदार्थ कम भित्रिएका कारण मोरङ, सुनसरी, धनकुटा, भोजपुर, सिरहा, सप्तरी, उदयपुर जिल्लामा पेट्रोलियम पदार्थ अभाव भएको थियो । आयल निगमका प्रदेश प्रमुख यादवले आइतबार साँझदेखि पेट्रोलियम पदार्थ वितरण सहज हुने बताए ।

निगमले पेट्रोलियम ढुवानी सहज भइसकेको दावी गरे पनि अभाव कायमै छ । आयल निगमले तीन दिनदेखि इन्धन वितरण नगरेकाले बजार क्षेत्रका धेरै पम्प बन्द गरिएको छ ।

निगमले इन्धन वितरण नगरेकाले पम्प बन्द गरिएको विराटनगरको अन्नपूर्ण सप्लायर्सका कर्मचारी नेमनारायण चौधरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment