+
+
Shares

यूएईका लागि नेपाली राजदूत ढकालले बुझाए ओहदाको प्रमाणपत्र

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २३ गते १२:१४

२३ असार, काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)का लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका छन् ।

यूएईको राष्ट्रपति प्यालेस अवुधाबीमा आयोजित एक कार्यक्रमका बीच ढकालले त्यहाँका उपराष्ट्रपति, प्रधानमन्त्री तथा रक्षामन्त्रीसमेतको जिम्मेवारी सम्हाल्दै आएका मोहम्मद विन रसिद अल म्याकटुमलाई आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।

ढकाललाई राष्ट्रपति विद्यादेवी भण्डारीले गत माघ २९ गते संविधानको धारा २८२ अनुसार संयुक्त अरब इमिरेट्स (युएई)का लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी थिइन् ।

ओहोदाको प्रमाणपत्र बुझाउँदै राजदूत ढकालले राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको शुभकामना सन्देशबारे जानकारी गराएका थिए ।

उपराष्ट्रपति तथा प्रधानमन्त्री शिख मोहम्मद बिन रसिद अल म्याकटुमले ढकालले बुझाएको ओहदाको प्रमाणपत्र बुझ्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

ढकालले गत फागुन अन्तिम साताबाट युएईका लागि नेपाली राजदूतका रुपमा जिम्मेवारी सम्हालेका हुन्। यसअघि उनी दिल्ली दूतावासमा कार्यवहाक राजदूतका रुपमा कार्यरत थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?