
२३ असार, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल भारत प्रवुद्ध समूहको प्रतिवेदन छिट्टै बुझ्नेमा सरकार आशावादी रहेको बताएका छन् ।
ईपीएजीले सर्वसम्मत रुपमा प्रतिवेदन तयार पारेको एक वर्ष भइसक्यो । ईपीजीले पहिलो भारत र त्यसपछि नेपालका प्रधानमन्त्री बुझाउने भनेको छ । तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अहिलेसम्म प्रतिवेदन बुझ्न समय दिएका छैनन् ।
राष्ट्रियसभामा विनियोजन विधेयधमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै परराष्ट्रमन्त्री ज्ञवालीले दुबै सरकारलाई अनुकुल समयमा प्रतिवेदन बुझ्ने विश्वास व्यक्त गरे । यो प्रतिवेदनले दुई देशको सम्बन्धलाई नयाँ उचाईमा पुर्याउने उनले बताए ।
ईपीजीको प्रतिवेदन तेस्रो मुलुकमा पुगेको चर्चाबारे सांसदले सोधेको प्रश्नमा मन्त्री ज्ञवालीले भन दुई देशका प्रधानमन्त्रीले त त पढ्नु भएको छैन भने तेस्रो मुलकले पाउने भन्ने प्रश्नै आउँदैन ।’
प्रतिक्रिया 4