Comments Add Comment

नेपालमा पर्यटक भित्र्याउन ओमानमा अन्तरक्रिया

एकजना नेपालीले ३ ओमानीलाई नेपाल भ्रमणको आहृवान गर्ने

२३ असार, काठममाडौं । ओमानस्थित नेपाली दूतावासले नेपालको पर्यटन प्रबर्धनका लागि अन्तरक्रिया कार्यक्रम गरेको छ ।

राजदूत निवासमा ‘नेपाल भर्मण वर्ष २०२०’ का लागि ‘पर्यटन प्रबर्धनमा खाडी मुलुकमा रहेका नेपाली समुदायको भूमिका’ विषयक अन्तरकि्रया कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा उपस्थित नेपाली समुदायले पर्यटन प्रबर्धन गर्नका लागि विभिन्न धारणाहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सहभागी केहीले ओमानको सडक छेउमा होडिङ बोर्ड राख्नुपर्ने, सार्वजनिक यातायातमा विज्ञापन राख्नुपर्ने, ओमानी र अंग्रेजी भाषमा लेखिएका जानकारीमुलक पत्र  र पर्चाहरु वितरण गर्न दूतावासलाई सुझाव दिएका छन् ।

यस्तै केहीले मस्कट महोत्सव र ओमानका अन्य पर्यटन प्रबर्धनका कार्यक्रममा सहभागी हुन, नेपाली पर्यटन सम्बन्धी लेखहरुका लागि ओमानी पत्रकारहरुलाई स्पोन्सर गरी भ्रमण गराउनुपर्ने सुझावसमेत दिएका छन् ।

यस्तै, सहभागीहरुले ओमानका ट्राभल एजेन्सीहरुसँग सहकार्य गरी नेपाल टुर प्याकेज बनाउन, आमोनमा कार्यरत प्रत्यक नेपालीले कम्तिमा २ देखि ३ जना ओमानी नागरिकलाई नेपाल भ्रमणको लागि आहृवान गर्ने धारणा व्यक्त गरेका थिए ।

कार्यक्रममा राजदूत शर्मिला पराजुली ढकालले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने पहिलो ओमानी महिला नादिरा अल हार्थीलाई कदर-पत्र प्रदान गरेकी थिइन् ।

सगरमाथा आरोहणमा दुई वर्षको लगातार मेहनतको स्मरण गर्दै अल हार्थीले विश्वको सर्वाेच्च शिखरमा पाइला टेक्दाको अनुभव सुनाएकी थिइन् ।

ओमानका पर्वतारोही विद्यार्थीका लागि शेर्पाहरूलाई प्रशिक्षकको रूपमा ओमान ल्याउन सकेको खण्डमा ठूलो सहकार्य हुनसक्ने उनले सुझाव दिइन् ।

ओमानमा रहेको नेपाली समुदायका तर्फबाट पनि अल हार्थीको सफलताको कदर गर्दै नेपाली हस्तकला, खादा र खुकुरी प्रदान गरिएको थियो ।

राजदूत ढकालले अल हार्थीको सफल प्रयासको लागि बधाई दिंदै ओमानमा नेपालको पर्यटन प्रवर्द्धनमा नेपाली समुदायको महत्वपूर्ण भूमिका रहने र यसलाई सफल बनाउन सबैलाई अनुरोध गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment