+
+
Shares

कारमा ८५ किलो गाजा भारत लैजाँदै गर्दा मकवानपुरमा एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २३ गते १८:०३

२३ असार, हेटौंडा । मकवानपुर प्रहरीले गाँजासहित एकजनालाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगर-११ थानाभर्‍याङबाट कैलाश गाउँपालका-१ घर भइ चितवन इच्छाकामना गाउँपालिका-७ बस्दै आएका ३० वर्षीय गणेश थापालाई पक्राउ गरेको हो ।

लोथरबाट हेटौंडातर्फ आउँदै गरेको बा१२च ८५५६ नम्बरको कारको डिक्कीमा ८५ किलो ६०० ग्राम गाजा लुकाइ भारत निकासी गर्न लागेको अवस्थामा थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश सिंहले जानकारी दिए ।

प्रहरीले पिछा गर्दा भागेपछि थापाको कार र प्रहरीको गाडीमा समेत केही क्षति भएको छ ।

प्रारम्भिक अनुसन्धानबाट दैनिक ८ हजार भाडा दिने गरी चितवनका एक व्यक्तिसँग थापाले कार लिएर लोथरको जङ्गलबाट गाजा लोड गरी दुई लाखमा रक्सौल नाका पार गर्न लागेको खुलेको प्रहरीले बताएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?