
२३ असार, काठमाडौं । संसदीय सुनुवाई समितिले चार देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको छ ।
समितिको सोमबारको बैठकले बंगलादेशका लागि प्रस्तावित बंशिधर मिश्र, कतारका लागि नारदनाथ भारद्वाज, अष्ट्रेलियाका लागि महेशराज दाहाल र स्पेनका लागि प्रस्तावित राजदूत दाबा फुटी शेर्पाको नाम अनुमोदन गरेको हो । त्यसअघि समितिले चारै राजदूतसँग सुनुवाई गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4