पत्नी निकिताका साथमा रवि लामिछाने । फाइल फोटो
News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पत्नी निकितासहित तीनदिने निजी तथा पारिवारिक तीर्थाटनका लागि भारततर्फ प्रस्थान गरेका छन्।
- उनीहरू आज बिहान काठमाडौंबाट धनगढी हुँदै भारततर्फ गएका हुन्।
- लामिछानेले उत्तराखण्डको नैनीतालस्थित कैंची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा परिवारसहित पूजाअर्चना गर्ने सचिवालयले जनाएको छ।
६ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारततर्फ प्रस्थान गरेका छन् । उनी पत्नी निकितासहित भारततर्फ प्रस्थान गरेका हुन् ।
आज बिहान काठमाडौंबाट हवाईजहाजमा धनगढी प्रस्थान गरेका उनीहरु त्यहाँबाट भारततर्फ लाग्ने कार्यक्रम छ । उनीहरुको साथमा मन्त्री प्रतिभा रावल पनि छिन् ।
लामिछानेको सचिवालयले यो भ्रमणलाई निजी तथा पारिवारिक तीर्थाटन भनेको छ ।
भ्रमणका क्रममा लामिछानेले भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको कैंची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा परिवारसहित पूजाअर्चना गर्ने कार्यक्रम छ ।
तीनदिने आध्यात्मिक तथा पारिवारिक भ्रमण पूरा गरी लामिछाने स्वदेश फर्किने सचिवालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4