Comments Add Comment

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी

२४ असार, काठमाडौं । मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा बसिरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान साढे ७ बजेदेखि बैठक बसिरहेको हो ।

आयातीत तरकारी तथा फलफूलको विषादी परीक्षण फिर्ताको निर्णयले आलोचित बनेपछि प्रधानमन्त्रीले बैठक बोलाएका हुन् ।

प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले बैठक नियमित भएको बताए । अनलाइनखबरसँग उनले भने, ‘सरकारका कामका विषयमा छलफल भइरहेको छ । यो आकस्मिक नभएर हिजोकै निरन्तरता हो ।’

यसअघि सोमबार साँझ पनि मन्त्रिपरिषद्को बैठक बसेको थियो । सो बैठकमा मन्त्रीहरूको रिपोर्टिङ सुनेका प्रधानमन्त्रीले मंगलबार बिहानको बैठकबाट यसबारे ठोस निर्णय लिने अनुमान गरिएको छ ।मन्त्रिपरिषद बैठकका निर्णय एक सातापछि सार्वजनिक गर्ने गरिएको छ ।

राजपत्रमा सूचना प्रकाशित गरी सरकारले आयातीत तरकारीको तथा फलफूलको विषादी परीक्षण गरेर मात्र नेपाल भित्र्याउन निर्णय गरेको थियो । सोही निर्णयअनुसार कृषि मन्त्रालयले नाकामा कडाइ गर्‍यो । तर, वाणिज्य मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले विषादी परीक्षण स्थगित गर्‍यो । प्रयोगशाला अभावमा विषादी परीक्षण स्थगित गरिएको भनिए कृषि मन्त्री चक्रपाणि खनालले संसद्मै प्रयोगशाला अभाव नरहेको जवाफ दिएका थिए । पछि भारतीय दबावमा रोकिएको सार्वजनिक भएपछि सरकार आलोचित बनिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment