Comments Add Comment

दर्शक नचाउने साहोको गीत

बहुप्रतिक्षित दक्षिण भारितय चलचित्र ‘साहो’को पहिलो गीत सार्वजनिक भएको छ । यसमा

अभिनेता प्रभास तथा बलिउड अभिनेत्री श्रद्धा कपूरलाई देख्न सकिन्छ ।  ‘साइको सैयाँ’ बोलको गीतमा दुबैको केमेष्ट्रि आकर्षक देखिएको छ । उक्त गीतलाई हिन्दी, तमिल, तेलुगू तथा मलयालम जस्ता चार अलग भाषामा सार्वजनिक गरिएको छ ।

‘साइको सैयाँ’ लाई यो वर्षकै सबैभन्दा उत्कृष्ट पार्टि गीत हुने अनुमन गरिएको छ । यो गीतमा बाहुबली प्रभासले मर्काएको दृष्य उनका प्रसंशकहरुलाई मन पर्न सक्छ । उक्त गीतमा श्रद्धा प्रभासको वरिपरि लटका-झटका देखाउँदै गरेको देखिन्छ ।

उक्त गीतलाई लिएर दर्शकहरुको क्रेज के कुराबाट पनि अनुमान गर्न सकिन्छ भने यो गीत यूट्युबमा अपलोड भएको पहिलो घण्टा नै तीन लाख भन्दा धेरै पटक हेरिसकिएको छ ।

यो गीतलाई पेपी गीत भनिएको छ, जसमा प्रभास र श्रद्धाको जोडी पनि उत्कृष्ट देखिएको छ । यो गीतलाई तनिस्क बागजीले संगीतबद्ध गरेका हुन् भने शब्द पनि उनैले रचना गरेका हुन् । गीतमा सचेत तण्डन, देब्यानी भानुशाली तथा तनिष्क बागजीको स्वर छ । राजू सुन्दरमले गीतमा कोरियोग्रँफी गरेका छन् । उक्त गीतमा प्रभास जति हेण्डसम देखिएको छन्, त्यति नै सुन्दर देखिएकी छिन् श्रद्धा कपूर ।

प्रभासले उक्त गीत सार्वजनिक भएको जानकारी सामाजिक सञ्जालमार्फत दिँदै श्रद्धासँगको उक्त गीतका केही दृष्यहरु पनि शेयर गरेका छन् ।

स्मरणरहोस्, साहोको टीजर गत जून १३ का दिन सार्वजनिक गरिएको थियो । टीजरप्रति दर्शकहरुले लोभलाग्दो प्रतिक्रिया जनाएका छन् । यो चलचित्र १५ अगष्टका दिन प्रदर्शन हुनेछ । यो फिल्ममा प्रभास र श्रद्धाका अतिरिक्त नील नितिन मुकेशले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment