Comments Add Comment

चुम्बन गर्दा शरीरमा कस्तो प्रभाव हुन्छ ?

संसारको सबैभन्दा सुन्दर कुरा प्रेम, जसको परिकल्पनाले मात्र पनि आनन्दको अनुभुति गराउँछ । प्रेम बिनाको जीवनमा मानिस बाँच्न त बाँच्छ तर उसको जीवनको कुनै अर्थ रहँदैन । त्यसैले प्रेम जीवन जिउनका लागि अति महत्वपुर्ण छ । जब कोहि प्रेमको गहिराईमा डुब्न थाल्छ, त्यो गहिराईमा दुई प्रेमिहरु आफुमा हराउन थाल्छन् ।

प्रेमको चरम सिमामा पुगेपछि प्रेमिहरु आफुलाई एक-अर्कामा सुम्पिन्छन् । उनीहरु चुम्बनमा लिप्त हुन थाल्छन् । चुम्बनले तपाईंको प्रेम जीवनलाई आनन्दित बनाउने मात्र नभइ यसले तपाईंको स्वास्थलाई पनि फाइदा पुर्‍याउँछ । प्रेममा आनन्द प्राप्तिको लागि गरिने चुम्बनले तपाईंको स्वास्थलाई पनि फाईदा पुग्छ भन्ने कुराले तपाईंलाई चुम्बनप्रति अझ सकारात्मक प्रभाव पर्न सक्छ ।

के-के छन् त चुम्बनका फाइदाहरु ?

-चुम्बन गर्नाले ब्लड प्रेसर कम गर्न सहयोग गर्छ ।

-चुम्बनले टाउको दुखाइ कम गर्छ भन्ने मान्यता छ ।

-चुम्बनले महिलालाई पीरियड्सको समयमा हुने दुखाईमा पनि राहत प्राप्त हुुन्छ ।

-चुम्बनले दाँतमा हुने क्याबिटीबाट बचाउँछ । चुम्बन गर्दा मुख धेरै चल्ने हुँदा क्याविटी युक्त ब्याक्टेरियाहरु सफा हुन्छन् ।

-चुम्बनले सेराटोनिन, अक्सीटसिन, डोपामाइन जस्ता ह्याप्पी हार्मोनहरुलाई बढाउने भएकोले तपाईंले रिप|mेस र आनन्द अनुभव गर्नुहुन्छ ।

-चुम्बनले अनुहारको मासंपेशीलाई टोन गरेर अनुहार चाउरी पर्नबाट बचाउँछ

चुम्बनसँग सम्बन्धित केहि रोचक तथ्यहरु

-केहि व्यक्ति चुम्बन गर्न डराउँछन्, जसलाई फिलेमाफोयिबा भनिन्छ । जसलाई यो फोबिया हुन्छ, त्यो व्यक्ति सेक्स गर्न पनि डराउँछ । त्यस्तो फोबिया कुनै पनि उमेरका व्यक्तिमा हुन सक्छ ।

-वैज्ञानिकहरुका अनुसार हामी आमाको कोखमा हुँदा नै चुम्बन गर्न सिकिसकेका हुन्छौ ।

-प्रशान्त महासागरका मौंगिया दीपका मानिसहरु कहिल्यै चुम्बन गर्दैनन् ।

-सुडानका मानिसहरु आत्मा हराउने डरका कारण चुम्बन गर्दैनन् ।

-चुम्बन गर्दा तपाईंको १४६ मांशपेशीले काम गर्छ ।

-बि्रटिश अध्ययनका अनुसार साँचो प्रेम पाउनका लागि महिलाले आफ्नो प्रेमिलाई १५ पटक चुम्बन गर्छिन् भने पुरुषले १६ पटक चुम्बन गर्छन् ।

-चुम्बन गर्दा हाम्रो शरीरमा अफीम भन्दा २०० गुना धेरै प्रभाव पार्ने तत्व प्रसार हुन्छ ।

चुम्बन एउटा सस्ंकृति

रोयल ह्यान्ड किस धेरै देशहरुमा यस्तो प्रकारको चुम्बन औपचारिकता निभाउनका लागि गरिन्छ । पहिलो पटक भेट्दा होस् अथवा छुटिदा, यस प्रकारको चुम्बन गर्ने चलन रहि आएको छ । यस्तो किसिमको चुम्बनलाई शिष्टाचारको रुपमा लिने गरिन्छ ।

जसले तपाईको विनम्रता दर्शाउँछ । युरोप, अमेरिकासँगै खाडी देशहरुमा पनि यस्तो चलन अति नै लोकपि्रय रहिआएको छ । यदि कुनै व्यक्ति तपाईसंग रिसाएको छ भने उसले तपाईंलाई आफ्नो हात चुम्न दिँदैन ।
.
एयर किस : यस्तो प्रकारको चुम्बन यूरोपमा धेरै नै लोकपि्रय रहेको छ । यस्तो चुम्बनले आफ्नोपनको अनुभव गराउँछ । आफ्न्त, साथीभाईलाई हाइ अथवा बाइ गर्दा गालामा आफ्नो गाला जोडेर गरिने चुम्बन नै एयर किस हो । यस्तो चुम्बनको अर्थ तपाईलाई देखेर खुशी लाग्यो भन्ने हुन्छ ।
.
एञ्जल किस : यस प्रकारको चुम्बनको प्रयोग जब कुनै ब्यक्तिलाई निद्राबाट उठाउनका परेमा, रुँदै गरेको व्यक्तिलाई फकाउन परेमा र कसैलाई विदाई गर्दा गरिने यो मयालु चुम्बनलाई एञ्जल किस भनिन्छ । यो चुम्बनको बिशेषता भनेका अगाडिको व्यक्तिलाई आँखामा बिस्तारै चुम्बन गर्नु हो ।

ब्राइड किस : यस प्रकारको चुम्बनको प्रयोग विदेशमा विवाहको समारोहमा गरिन्छ । प्रायः हामी हलीउडका फिल्महरुमा यस प्रकारको चुम्बनको दृष्य देख्छौं । .जीवनभरी माया प्रेम गर्ने वाचासहित यो चुम्बन गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment