Comments Add Comment

एसईई जिपिए ४ लाई जेभियर इन्टरनेशनलको शत प्रतिशत छात्रवृत्ति

काठमाडौं । यो वर्षको एसईई रिजल्ट आएकै दिन चर्चित क्रिकेटर सन्दिप लामिछानेले फेसबुकमा लेखे-सम्पूर्ण एसईई उत्तिर्ण भाइ बहिनीलाई बधाई र अब हाम्रो भेटघाट जेभियर इन्टरनेशल कलेज कालोपुलमा हुनेछ है ।

क्रिकेटर लामिछाने गत वर्षमात्र जेभियर इन्टरनेशल कलेजमा स्नातक तहको विद्यार्थीका रुपमा भर्ना भएका थिए । उनी अहिले बिएसडब्लु प्रथम वर्ष अध्ययन गर्दैछन् । उनले एसइइ पास गरेका नयाँ विद्यार्थीलाई जेभियरमा आमन्त्रण गरेर आफूलाई कलेजको ब्राण्ड एम्बासडरको रुपमा पेश गरे ।

लामिछानेले जेभियरमै भेटौं भन्नु र यसवर्षको एसइइमा ४ जिपिए ल्याउने पन्ध्र  विद्यार्थीले जेभियर रोज्नु संयोगमात्र पनि हुनसक्छ । एसइइमा शत प्रतिशत नतिजा अर्थात ४ जिपिए ल्याउने नेपालकै उत्कृष्ट विद्यार्थीहरु दिपेश अमगाई,राजेश भुजेल,एरिक कटुवाल र आस्था शर्मा जेभियरमा भर्ना भएका छन् ।

त्यस्तै ४ जिपिए ल्याउने रिया श्रेष्ठ,प्रतिभा पाण्डे,अभिन्न रिमाल,प्रज्ञा खड्का,अनुज भुर्तेल,बिनिता बस्नेत लगायतका टपर बिद्यार्थी पनि जेभियर इन्टरनेशनलमा भर्ना भएका छन् ।

उनीहरुलाई कलेजले शत प्रतिशत छात्रवृत्ति प्रदान गरेको कलेजका प्रिन्सिपल गोपाल भण्डारीले जानकारी दिए । उत्कृष्ट विद्यार्थी र जेहेन्दार तथा गरीवलाई कलेजले छात्रबृत्ति दिने योजना अनुसारनै यसवर्षका टपरलाई शत प्रतिशत छात्रबृत्ति दिइएको उनले बताए ।

यसअघि पनि जेभियरमा तत्कालिन एसएलसी परीक्षामा बोर्ड टप गर्ने विद्यार्थीहरु पढ्ने गरेकाले आफूले पहिलो रोजाइनै जेभियरलाई बनाएको एसइइ टपरमध्येका एक भुजेलले बताए ।

पछिल्लो समयमा जेभियर इन्टरनेशनलमा विदेशी व्यवस्थापन आएपछि विद्यार्थी र अभिभावकको चासो तथा आर्कषण बढेको कार्यकारी निर्देशक लोकवहादुर भण्डारीले बताए । विदेशी व्यवस्थापनले पठपाठन र विद्यार्थीको क्षमता विकासमा उल्लेख्य सुधार आएको प्रतिक्रिया आफूहरुले पाएको उनले बताए ।

जेभियरले यस वर्ष ए लेभलमा पनि वल्र्ड टप गरेको थिए । सो कलेजमा ए लेभलका साथै, प्लस टु, बिएस्सी इन्भाइरोन्मेन्ट,बिएस्सी माइक्रोबायोलोजी,बिबिएम, बिबिएस,बिएसडब्लु, एमबिए जस्ता बिधामा  अध्यापन हुने गरेको छ । जेभियरमा प्रवेश गरेपछि आधारभुत तहदेखि विश्वविद्यालयसम्मको सबै अध्ययनको अवसर रहेको भण्डारीले बताए ।

जेभियर इन्टरनेशनल कलेजले शतप्रतिशत नतिजा निकाल्ने र ९० प्रतिशत विद्यार्थी विशिष्ठ श्रेणीमा पास हुने गरेकाले पनि एसइइका उत्कृष्ट विद्यार्थीको रोजाइमा परेको उनले बताए । जेभियरका विद्यार्थीले अन्तर्राष्ट्रिय र विश्वका चर्चित विश्वविद्यालयमा पनि शत प्रतिसतसम्म छात्रवृत्ति पाएको भण्डारीले बताए ।

उत्कृष्ट नतिजा र पढाइ तथा रचनात्मक र खेलकुद जस्ता क्रियाकलापमा पनि उत्कृष्ट बनेको जेभियरमा मध्यमवर्गले बहन गर्न सक्ने शुल्क रहेकाले विद्यार्थीको चाप बढेको उनको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment