
नायिका केकी अधिकारी र ‘बुलबुल’बाट डेब्यु गरेका नायक मुकुन भुसालले एकसाथ स्कृन सेयर गर्ने भएका छन् ।
ज्ञानेन्द्र देउजाको निर्देशनमा बन्न लागेको चलचित्र ‘झिङ्गे दाउ’मा उनीहरुको जोडी पक्का भएको हो । उनीहरु यस चलचित्रमा पहिलो पटक स्क्रिन सेयर गर्न लागेका हुन् ।
नायिका केकी अधिकारी आफूलाई चलचित्रको विषयबस्तु मन परेकोले चलचित्रमा काम गर्न तयार भएको बताउँछिन् । चलचित्रको लागि मुकुन र केकी मात्र मुख्य भूमिकामा रहने छैनन् । चलचित्रको लागि अन्य कलाकारको पनि छनोट भइरहेको छ । छिट्टै औपचारिक निर्माण घोषणा गर्दै चलचित्रका थप कलाकार र टिमलाई चिनाउने बताइएको छ ।
‘कपनगडी सिनेमा’को व्यानरमा निर्माण हुने यस चलचित्रलाई प्रदीप भारद्वाजले लेखेका हुन् । चलचित्रको संवाद पनि भारद्वाजकै रहेको छ । सामाजिक विषयबस्तुलाई उठान गर्ने यस चलचित्रलाई सिन्धुली, खोटाङ, दोलखा र काठमाडौंमा खिचिने छ ।
प्रतिक्रिया 4