+
+
Shares

विमानस्थलबाट अवैध अमेरिकी डलरसहित एक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २४ गते १६:२१

२४ असार, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयले अवैध विदेशी मुद्रासहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौंबाट हङकङ जान लागेका मोरङको सुन्दरहरैँचा-९ घर भइ राहदानी नं. ०८००६७५७ वाहक ३९ वर्षीय पासाङ याल्मो तामाङ छन् ।

उनले बोकेको कालो रंगको सुटकेश र खैरो रंगको हाते झोलालाई चेकजाँच गर्दा अमेरिकी डलर २९ हजार ९ सय ५० र हङकङ डलर ३ सय ७० बरामद भएको थियो । उनले अवैध रुपमा ती रकम लुकाएर लान लागेको प्रहरी दाबी छ ।

नेपाल एयरलाइन्सको उडान नं. आरए४०९ बाट हङकङ जान लागेका उनी ब्यागेज चेकिङ एरियाबाट पक्राउ परेको प्रहरीले जनाएको छ । उनीमाथि थप अनुसन्धान र कारबाहीका लागि राजवश्व अनुसन्धान विभाग, हरिहरभवन ललितपुर पठाइएको विमानस्थलका एसएसपी सन्दिप भण्डारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?