Comments Add Comment

विश्वविद्यालयका पदाधिकारी खुला प्रतिस्पर्धाबाट छान्न अनेरास्ववियूको माग

२४ असार ,काठमाडौं। सत्तारूढ नेकपा निकट अनेरास्ववियूले सवै विश्वविद्यालयका पदाधिकारी खुला प्रतिस्पर्धाबाट छान्न माग गरेको छ । त्रिभुवन विश्वविद्यालय लगायतका अधिकांश विश्वविद्यालयका पदाधिकारीहरुको म्याद सकिन लाग्दा अनेरास्ववियुले यो माग अघि सारेको हो ।

मंगलबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलललाई अनेरास्ववियूका कार्यवाहक संयोजक रञ्जित तामाङ नेतृत्वको टोलीले मागपत्र बुझाएको हो। मागपत्रमा विश्वविद्यालय राजनीतिक खिचातानी र भागवण्डाको क्रिडास्थल बनेकाले समस्या बढेको आरोप लगाइएको छ ।

मन्त्री पोखरेललाई वुझाइएको मागपत्रमा भनिएको छ ‘विभिन्न विश्वविद्यालयमा पदाधिकारीदेखि लिएर क्याम्पस प्रमुखसम्मको नियुक्ति दलीय वफादारिता र भागवण्डाको आधारमा हुने प्रवृत्ति अन्त्य गर्द‌ै विद्यमान ऐन संशोधन गरेर यसपटकवाटै लागू हुनेगरी खुला प्रतिस्पर्धाको आधारमा पदाधिकारी छनौट हुने ब्यवस्था मिलाइयोस्। ‘

विभिन्न विश्वविद्यालयहरुमा परीक्षा, भर्ना, सम्बन्धन, नियुक्ति लगायतका क्षेत्रमा देखिएका ज्वलन्त समस्याहरु अविलम्ब समाधान गर्न माग गर्दै मागपत्रमा भनिएको छ  ‘विश्वविद्यालयहरुको शाख र गरिमा धुमिल पार्ने भ्रष्ट पदाधिकारी तथा कर्मचारीहरुलाई कडा कार्वाही गरियोस् ।’

निजी क्षेत्रवाट सञ्चालित कक्षा १२ सम्मका संस्थागत विद्यालयहरुले २० प्रतिशत विद्यार्थीलाई नि: शुल्कीय छात्रवृत्ति दिनुपर्ने माग समेत राखिएको अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले वताए। अनेरास्ववियूले कक्षा ११ को चर्को शुल्कवृद्धि खारेजीको पनि माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment