+
+
Shares

नवलपरासीको राष्ट्रपति रनिङ शिल्डमा जीवन ज्योति मावि पहिलो

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २५ गते ७:११

२५ असार, नवलपरासी । पूर्वी नवलपरासीको यस वर्षको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जीवन ज्योति मावि प्रथम भएको छ । सोमबार र मंगलबार गरी दुई दिनसम्म गैडाकोटको जनक माविमा चलेको प्रतियोगितामा जीवन ज्योति ८ स्वर्ण, एक रजत र दुई कास्य पदकसहित प्रथम भएको हो ।

त्यसैगरी मणिसंगम मावि डाँडाजोरले ३ स्वर्ण, ६ रजत र १ कास्य पदक सहित द्वितीय स्थान हासिल गरेको छ भने ३ स्वर्ण, २ रजत पदक सहित जनता मावि त्रिभुवनटार तृतीय भएको छ ।

प्रतियोगिताको समापन कार्यक्रममा जिल्ला समन्वय समिति नवलपुरका प्रमुख चेसराम आलेले विजयी खेलाडी तथा विद्यार्थीहरुलाई पुरस्कार, शिल्ड, प्रमाणपत्र वितरण गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?