Comments Add Comment

संसदीय छानविन समिति गठनमा सहमति जुट्न सकेन

२५ असार, काठमाडौं । सर्लाही घटनाबारे छानविन गर्न संसदीय समिति गठन गर्ने कि नगर्ने भन्ने विषयमा संसदको कानुन, न्याय तथा मानवअधिकार समितिमा सहमति जुट्न सकेन ।

विपक्षी कांग्रेस र राजपाले संसदीय समिति गठनको माग गर्दै मंगलबार संसद अवरुद्ध पारेका थिए ।

बुधबार विहान नेकपा सांसद कृष्णभक्त पोखरेलले आफू सभापति रहेको कानुन, न्याय तथा मानवअधिकार समितिमा उपसमिति गठनको प्रस्ताव राखे ।

सभामुख कृष्णवहादुर महराले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा कांग्रेस र राजपाले संसदबाटै संसदीय छानविन समिति गठन गर्नुपर्ने माग राखेका थिए । सत्तारुढ नेकपाले भने संसदकै समितिबाट उपसमिति गठन गरी छानविन गर्नुपर्ने अडान राखेका कारण सहमति नभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment