Comments Add Comment

हङकङलाई हराउँदै नेपाल यू–१९ एसिया कपमा

२४ असार, काठमाडौं । नेपालले यू–१९ एसिया कप खेल्ने भएको छ । मंगलबार पूर्वी क्षेत्र छनोटको फाइनलमा हङकङमाथि ६ विकेटको शानदार जित हात पार्दै नेपालले एसिया कपमा स्थान बनाएको हो ।

मलेसियाको किनरारा ओभलमा हङकङ दिएको मात्र ९६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।

नेपालको सुरुवात राम्रो थियो । लञ्ज अघि ५ ओभरमा ४४ रन बनाएको नेपालले ५२ रन बनाउँदा ऋत गौतमलाई गुमायो । उनी १३ रनमा आउट भए ।

३९ रनमा आउट हुनुअघि पवन शरार्फले खडकबहादुर बोहोरासँग २४ रनको साझेदारी गरे । बोहराले ८ रन बनाए । कप्तान रोहितकुमार पौडेल १२ रन जोडे ।

टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले ४३.१ ओभरमा सबै विकेट गुमाएर ९५ रन बनायो । उसका आदित गोरवाराले २४ र काल्हन मार्कले १९ रन बनाउँदा अन्य ब्याट्सम्यान चल्न सकेनन् ।

उसलाई सस्तैमा समेट्ने क्रममा सागर ढकालले घातक बलिङ गरे । १० ओभर बलिङ गरेका उनले ५ मेडिन राख्दै १८ रन दिए र ५ विकेट लिए । कमल सिंह ऐरीले ३ विकेट लिएका छन् ।

८ देशको प्रतिस्पर्धा

नेपालले एसिया कपको यो संस्करण २८ अगष्टदेखि श्रीलंकामा हुनेछ । प्रतियोगितामा आयोजक श्रीलंकासँगै अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान, यूएई, कुवेतसँगै नेपाल रहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment