Comments Add Comment

सभामुखले बोल्न नदिएपछि संसदमा कांग्रेस र राजपाको नाराबाजी

२५ असार, काठमाडौं । सभामुख कृष्णबहादुर महराले बोल्न समय नदिएपछि प्रतिनिधिसभामा नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपालका सांसदले नाराबाजी गरेका छन् ।

बैठक सुरु भएलगत्तै सिटबाट उठेका कांग्रेस र राजपा सांसदलाई सभामुख महराले बोल्न समय दिएनन् । उनले ‘माननीय सदस्यहरुले आफ्नो कुरा हिजो नै राख्नुभयो’ भन्दै बोल्न समय दिएनन् । उनले बस्न आग्रह गर्दै आफूले नयाँ कुरा सुनाउने बताइरहे ।

तर कांग्रेस र राजपा सांसद उठिराखेपछि उनले बैठक अगाडि बढाए । लगत्तै कांग्रेस र राजपा सांसदहरु संसदको बेल घेराउ गर्दै नाराबाजीमा उत्रिए ।

नाराबाजीकै बीच सभामुख महराले प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीलाई सभामा उत्पत्ति भएका बजेटसम्बन्धी विधेयकका संबन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश जानकारी गराउन समय दिए । त्यसपछि अर्को बैठक असार ३० गते दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment