+
+
Shares

नेपाल एयरलाइन्सको चीन उडान पछि धकेलियो, ‘सेफ्टी अडिट’ गर्न चिनियाँ टोली आउँदै

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २४ गते १८:३७

२४ असार, काठमाडौं । नेपाल वायुसेवा निगमलाई ग्वाङझाउमा आफ्नो जहाज उडाउन प्रारम्भिक स्वीकृति दिएको चीनले अहिले आएर नयाँ झमेला निकालेको छ । आफ्नो विज्ञ टोलीले निगमको ‘सेफ्टी अडिट’ गरेपछि मात्रै अनुमति दिनेबारे निर्णय लिने उसले जनाएको छ ।

अनुमति प्रक्रियाका क्रममा निगमले पठाएका कागजातमा चित्त नबुझाएर चीनले अडिट टोली नेपाल पठाउन लागेको हो । निगमका कार्यकारी अध्यक्ष मदन खरेलका अनुसार अडिटका लागि आउने टोलीको नामावली प्राप्त भइसकेको छ । सोहीअनुसार निगम व्यवस्थापनले पनि एक टोली गठन गरी उनीहरुलाई सहजीकरण गर्ने जिम्मा दिएको खरेलले जानकारी दिए ।

चीनले नेपाल एयरलाइन्समा चिठी पठाउँदै टोली ‘सेफ्टी अडिट’‍का लागि नेपाल आउन लागेको जानकारी गराएको थियो । अडिटका सम्बन्धमा ४९ पानाको चेकलिस्ट पनि उसले पठाएको छ । त्यसमध्ये मुख्य चासो यूरोपेली यूनियनको सुरक्षा सूचीसँग सम्बन्धित रहेको कार्यकारी अध्यक्ष खरेलले जानकारी दिए ।

‘धेरैजसो चासो नेपाल वायुसेवा निगमसँग भन्दा बढी नेपाली वायुसेवा उद्योगका सम्बन्धमा रहेको छ,’ उनले भने, ‘इयूले उठाइरहेकै विषयलाई उनीहरुले पनि चासोका रुपमा हेरेको देखिन्छ ।’

अडिट प्रतिवेदन आउन बढीमा ९० दिन लाग्ने अध्यक्ष खरेलले बताए । सोही कारण चीन उडान बढीमा तीन महिना पर सर्ने पक्का भएको छ ।

चीनबाट नेपालमा ५ वटा वायुसेवाले उडान गर्छन् । तर, चीनले नेपालबाट भने वायुसेवा कम्पनीहरुलाई उडान अनुमति दिएको छैन । नेपाल र चीन बीचको द्विपक्षीय हवाई सम्झौताअनुसार हुने साताको ७० उडान अहिले एकतर्फी भइरहेको छ ।

तर, सम्झौताअनुसार उडान दुवैतर्फबाट हुनुपर्ने हो । चीनको आफ्नै लगानी रहेको हिमालय एयरलाइन्सले समेत चीनमा उडान बिस्तार गर्न सकेको छैन । नेपाल र चीनबीच पुनः द्विपक्षीय सम्झौताको तयारीसमेत छ ।

नारितामा अझै अनुमति मिलेन

यसैगरी, जापानको ओशाकामा उडानको तयारी गरिरहेको निगमले नारीतामा भने अझै अनुमति पाएको छैन । ओशाकामा भने अगस्ट २१ बाट उडानको तालिका सार्वजनिक गरिएको छ ।

नारीतामा अझै अन्यौल रहेको कार्यकारी अध्यक्ष खरेलले जानकारी दिए । ओशाका नेपालको पुरानै गन्तब्य हो । यहाँ करीव एक दशक उडाइसकेपछि निगमले जहाज अभावका कारण उडान स्थगित गरेको थियो ।

निगमले जापान र चीनपछि साउदी अरवको रियादमा उडान विस्तारको योजना बनाएको छ । साउदीका लागि ‘जनरल सेल्स एजेन्ट (जीएसए) छनोट प्रक्रिया चलेको र जीएसए नियुक्त भइसकेपछि साउदीमा उडान प्रक्रिया थाल्ने उनले जानकारी दिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?