Comments Add Comment

छोराले धारिलो हतियार प्रहार गर्दा आमाको मृत्यु

२४ असार, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका २४ रामगढवा नयाँवस्तीमा छोराले धारिलो हतियार प्रहार गर्दा सौतेनी आमाको मृत्यु भएको छ । २० बर्षीय गुड्डु यादवले धारिलो हतियार प्रहार गर्दा आमा ४० बर्षीया शोभादेवी यादवको मृत्यु भएको हो ।

भैंसी हराएको विषयमा विवाद हुँदा आमाले नै भैंसी बिक्री गरेको खुलेको थियो । त्यसपछि आक्रोशित गुड्डुले आमालाई गोडासी (धारिलो हतियार) ले प्रहार गरेका थिए । ज्यान जोगाउन भागेकी शोभादेवीलाई गुड्डुले ४ सय मिटर परसम्म लखेटेर धारिलो हतियार प्रहार गरेका प्रहरीको भनाइ छ ।

घटनाको समयमा शोभादेवीको श्रीमान पनि घरमै थिए । तर, खुट्टा भाँचिएका कारण उनले रोक्न सकेनन् ।

आमा शोभादेवीको घाँटी र चिउँडोमा काटिएको र उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए । गुड्डुलाई घटनास्थलबाटै प्रहरीले पक्राउ गरेको छ ।

शोभाको शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ । पक्राउ परेका यादवमाथि थप अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक शर्माले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment