Comments Add Comment

श्रीमानसँग मिलेर पूर्वप्रेमीको हत्या

२५ असार, धनगढी । कैलालीको चुरे गाउँपालिका ६ मडमा श्रीमान श्रीमती मिलेर एकजनाको हत्या गरेका छन् ।

ज्याला मजदुरी गर्दै आइरहेका गुल्मीका कमल कुँवरको शव असार २२ गते हत्या गरी सिमसेला खोला नजिकै खाडल खनेर गाडेको अवस्थामा भेटिएको थियो । कुँवरको हत्या गरेको आरोपमा प्रहरील लालबहादुर लामा र उनकी श्रीमती कल्पना लामालाई नियन्त्रणमा लिएको छ ।

मृतक कुँवर कल्पनाका पुर्वप्रेमी भएको खुलेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सुदिप गिरीले जानकारी दिए ।

स्थानीयबासीको सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय फल्टुडे र जिल्ला प्रहरी कार्यालय कैलालीबाट गएको टोलीले मंगलबार अवेर सिमसेला खोला किनारमा जमिनमुनी गाडेको अवस्थामा कुँवरको शव भेट्टाएको थियो ।

कुँवर असार २२ देखि सम्पर्कमा आएका थिएनन् । हत्याको कारण खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment