+
+

डीएभी इन्स्टीच्युट अफ इन्फरमेसन टेक्नोलोजी स्थापित

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १९ गते १६:१०

१९ असार, काठमाडौं । डीएभी इन्स्टीच्युट अफ इन्फरमेसन टेक्नोलोजी -डीआईओईटी) स्थापना भएको छ । संसारमै आईटीसँग सम्बन्धित सिपको नै उच्चमाग भइरहेको बेला बिभिन्न सरकारी, विदेशी, प्राइभेट संस्थाहरुमा प्राविधिक रोजगारीको लागि ढोका खोलिदिन डीएभीले डीआईओईटी स्थापना गरेको हो ।

यसले उद्यमी र स्वरोजगार बन्नको लागि समेत सामाजिक बैद्यता प्रदान गर्ने डीआईओईटीले जनाएको छ ।

विगत लामोसमयदेखि सुचना प्रविधि क्षेत्रको प्राज्ञिक एवं प्राबिधिक कार्यहरूमा संलग्न भएका र विद्यावारिधी गर्दै गरेका अनुभवि व्यवसायिकहरुद्वारा संचालित र आईटी क्षेत्रमा विगत लामो समयदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा आवश्यक पर्ने जनशक्ति उत्पादन गरिसकेका र रोजगार समेत सृजना गरेका व्यक्तित्वहरूब्ााट संचालित भएकाले डीआईओईटी विद्याथीहरुको पहिलो रोजाइमा पर्ने गरेको छ ।

कलेजका प्रोग्राम डाइरेक्टर रामेश्वर सुवेदीका अनुसार हाल तेस्रो र चौथो तहको पाठ्यक्रम नन् ग्याजेट प्रथम -तेश्रो तह) जुन नायव सुव्वा सरहडिप्लोमा इन हार्डवेयर एन्ड नेटवर्क इन्जिनियरिङ परिक्षाको लागि योग्य रहने सिटिईभिटिका कोर्षहरु संचालन गरिरहेको छ ।

आईटी क्षेत्रमा सैद्धान्तिक ज्ञान भन्दा प्रयोगात्मक ज्ञानलाई वढी महत्व दिने गरिएको छ । तर, यहाँका सञ्चालकहरु प्रयोगात्मक ज्ञानको आधार सेेैेद्धान्तिक ज्ञान नै हो भन्नेमा एकमत छन् । डीएभी विद्यार्थीहरुको पहिलो रोजाइमा पर्नुको कारण भने हाई ईन्ड सर्भर, राउटर, स्विच, फायरवालहरु र त्यसका लागि आवश्यक पर्ने जनशक्तिको प्रयोगले रियल टाइम प्राक्टिकल को अनुभव कलेज भित्रै लिन सक्नु हो ।

यसकालागि डिएभि कलेजका विभिन्न डिपार्टमेन्टहरु जस्तै एमविए, बीबीए, विविएस, निट, स्कुल लगायतमा स्टेट अफ दि आर्टको विकास र विस्तार गरिएको छ । जसले गर्दा आइएसपि., एनएसपि र विभिन्न डाटावेश र टायरहरुको अनुभव एकै छातामुनी लिन सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?