Comments Add Comment

सामसङ डिजिटल प्लाजा अब पुलचोकमा

२५ असार, काठमाडौं । सामसङ इलेक्ट्रोनिक्स तथा घरयासी उपकरणहरुको नेपालका लागि अधिकृत वितरक हिम इलेक्ट्रोनिक्स प्रालिले पुलचोक ललितपुरमा नयाँ सामसङ्ग डिजिटल प्लाजाको उद्घाटन गरेको छ ।

सामसङ्ग उत्पादनहरुका लागि ग्राहकहरुको बढ्दो माग तथा स्टेट्-अफ-आर्ट सेल्स काउन्टरले गर्दा हिम इलेक्ट्रोनिक्सलाई आफ्नो सामसङ प्लाजाकोसंजाल विस्तार गर्न उत्प्रेरित गरेको हो ।
हिम इलेक्ट्रोनिक्स प्रालिका निर्देशकसीमा गोल्छा तथा सामसङ्ग प्लाजाको छात्रवृत्ति प्राप्त गरेका निर्मल विद्यापिथ विद्यालय तथा आजाद विद्यालयाका छात्राहरुले २५ गते शोरुमको उद्घाटन गरेका छन् ।

१५ औं वाषिर्क उत्सवको अवसरमा, सामसङ्ग प्लाजाले निर्मल विद्यापिथ विद्यालय र श्री आजाद विद्यालयाका ५० जना छात्राहरुलाई एक वर्षको पूर्ण छात्रवृत्ति, विद्यालय पोशाक तथा स्टेस्नरी उपलब्ध गराएको थियो । बालिकाहरुलाई शिक्षित बनाउन र सम्पूर्ण बालिकाहरुलाई विद्यालय जान प्रेरित गर्नका लागि यो एक उत्तम कदम थियो । सामसङ्ग प्लाजाले चितवन माढीका ३० जना महिला समुहलाई युवा साक्षरता कक्षा संचालन गरेको छ ।

उद्घाटन समारोहमासीमा गोल्छाले भनिन्, ‘हामी पुलचोक ललितपुरमा सामसङ्ग डिजिटल प्लाजा संचालनमा ल्याउन पाउँदा अत्यन्तै खुसी छौं । हामीलाई विश्वास छ कि यस विस्तारसँगै पुलचोक, ललितपुरका ग्राहकहरु विभिन्न तरिकामा लाभान्वित हुनेछन् ।छात्रवृत्ति पहल कार्यक्रममार्फत महिला सशक्तिकरणका लागि एउटा सानो प्रयास गर्न पाउँनु हाम्रो लागि गर्वको विषय हो । म अत्यन्तै खुसी छु कि यस्तै ५ जना बालिकाहरुले आज यहाँ उपस्थीति जनाएर शोरुकको संयूत्त रुपमा उद्घाटन गरेका छन् । मलाई विश्वास छ कि हाम्रो यो सानो योगदानले आगामी दिनहरुमा सकारात्मक परिणामका लागि समर्थन गर्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment