
२७ असार, रामेछाप । पहिरोले पुरेर रामेछापमा १ महिलाको ज्यान गएको छ । अर्का १ जना घाइते छन् ।
अविरल वर्षासँगै शुक्रबार बिहान खसेको पहिरोले पुरेर रामेछाप नगरपालिका–५, रामपुरकी ४५ वर्षीया पदमकुमारी सुनुवारको मृत्यु भएको हो ।
घर नजिकै रहेको गोठमा घाँस हाल्न गएकी पदमकुमारीसँगै अर्का ४५ वर्षीय असली सुनुवारलाई पनि बगाएको थियो । जिल्ला प्रहरी कार्यालय, रामेछापका अनुसार, असलीको भने ज्यान जोगिएको छ । उनी घाइते छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4