Comments Add Comment

अझै खुलेन अन्तर्राष्ट्रिय विमानस्थल, यतीको विमान हटाउन सकस

२७ असार, काठमाडौं । यती एयरलाइन्सको विमान धावनमार्गमा चिप्लिएपछि अवरुद्ध भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अझै उडान सुचारु हुन सकेको छैन ।

नेपालगञ्जबाट यात्रु लिएर आएको विमान अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर घाँसे मेदानमा पुगेको थियो ।

लगतै विहान ११ बजेर ५ मिनेटदेखि अन्तरिक तथा बाह्य उडान तथा अवतरण अवरुद्ध हुँदै आएको छ । विभिन्न ठाउँ जान विमानस्थल पुगेकाहरु अलपत्र परेका छन् । नेपाल आउँदै गरेका अधिकांश विमान डाइभर्ट गरिएको छ ।

अहिले विमान हटाउने प्रयास भइरहेको छ । जहाजको एउटा पांग्रा हिलोमा गाडिएका कारण निकाल्न कठिन भएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।

‘पछाडिको एउटा पांग्रा हिलोमा गाडिएको छ । अहिले ज्याक लगाएर जहाज उठाएर पांग्रामुनी ठोस वस्तु राखेर बाहिर निकाल्ने तयारी भइररहेको छ’ उनले भने । हिलो र अधिक वर्षाका कारण काममा ढिलाइ भएको महाप्रबन्धक क्षेत्रीले बताए ।

विमान हटाउन समय लागेका कारण विमानस्थल कार्यालयले साँझ ५ बजेसम्म नोटाम जारी गरेको छ । ५ बजेसम्मका लागि नोटाम जारी गरे पनि जहाज पन्छाउन त्यसभन्दा बढी समय लाग्नसक्ने विमानस्थल कार्यालयको भनाइ छ ।

यो पनि पढ्नुहोस यस्तो अवस्थामा छ धावनमार्गबाट चिप्लिएको यती एयरको विमान यो पनि पढ्नुहोस यतीको जहाज चिप्लिँदा जहाज आकासमै यो पनि पढ्नुहोस यतीको जहाज धावनमार्गमा चिप्लियो, उडान-अवतरण अवरुद्ध

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment