Comments Add Comment

बस्तीमा पस्यो खोला, जलमग्न बन्यो कलंकी क्षेत्र

२७ असार, काठमाडौं । काठमाडौंको कलंकी क्षेत्रका बलम्बु, त्रिवेणी र बल्खु खोलाको पानी मानव बस्तीमा पस्दा जनजीवन अस्तव्यस्त बनेको छ । बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण कलंकी, सतुंगल, बल्खु लगायतका क्षेत्र जलमग्न बनेको हो ।

महानगरीय प्रहरी वृत्त, थानकोटका डीएसपी कुमार विक्रम थापाका अनुसार खोलाले बगाएका व्यक्तिको उद्दार जारी छ । प्रहरीका अनुसार पानीमा फसेका अन्य ५० जना बढीको सकुशल उद्दार भइसकेको छ ।

उद्दारका लागि सशस्त्र प्रहरी बलको टोली पनि खटिएको थियो । सतुंगल, बालकुमारी, थानकोट, विष्णुदेवी खोला किनारमा बसोबास गर्ने व्यक्तिको उद्दार गरिएको काठमाडौं प्रहरी परिसर, टेकुले जनाएको छ ।

खोलको पानी घरमा पसेपछि चन्द्रागरी–१५ मा सशस्त्र प्रहरीले उद्दार गरेको थियो । महानगरीय ट्राफिक प्रहरी प्रभाग, कलंकी पनि पानीका कारण जलमग्न भएको थियो ।

प्रभागका प्रमुख प्रहरी निरीक्षक केशवराज भट्टले अनलाइनखबरसँग भने, ‘हाम्रो कार्यालय जलमग्न भए पनि जनताको उद्दार र सेवामा टोली खटिइरहेको छ ।’ प्रहरी कार्यालयसँगै मालपोत पनि जलमग्न भएको थियो ।

महानगरीय प्रहरी प्रभाग बलम्वुका प्रहरी निरीक्षक शंकर खड्का साँझ परिसक्दा पनि वर्षा नरोकिएको सचेत भएर सुरक्षित स्थानमा बस्न सर्वसाधारणलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment