+
+
Shares

त्रिशूलीमा खस्यो ट्रक : सहचालक बेपत्ता, चालक घाइते

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २८ गते ७:०२
Photo Credit : Onlinekhabar/File

२८ असार, चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-५ नाग्दी खोलाबाट ट्रक त्रिशूली नदीमा खस्दा सहचालक बेपत्ता भएका छन् । ट्रक चालक घाइते छन् ।

रुपन्देहीको भैरहवाबाट दाना बोकेर काठमाडौं जाँदै गरेको ना ४ ख १७९६ नम्बरको ट्रक गएराति करिब साढे १ बजे त्रिशूलीमा खसेको प्रहरीले जनाएको छ ।

ट्रक सहचालक दाङ घोराही बस्ने २५ वर्षीय अनिल गुरुङ बेपत्ता भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

ट्रक चालक ललितपुर बस्ने ४६ वर्षीय माधव थापामगर घाइते छन् । उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

ट्रक पूरै पानीमा डुबेको र नदीमा बाढी आएका कारण उद्धारमा समस्या भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?