Comments Add Comment

गर्भपतन पछिको गर्भधारण कहिले र कसरी ?

एउटी महिला त्यो समयसम्म अपुरो हुन्छिन्, जबसम्म उनको कोखमा बच्चा हुँदैन । जब एउटी महिलाले आफू गर्भवती भएको जानकारी पाउँछिन्, त्यो समयमा मात्रै उनले आफु पूर्ण भएको अनुभव गर्छिन् ।

एउटी महिला जब आमा बन्छिन्, उनका लागि संसारमा त्यो भन्दा ठूलो खुशी तथा सुखद क्षण अरु केही हुँदैन । आमा बनेसँगै एउटी महिलाले एउटा मीठो आभास, खुशी तथा सन्तानप्रतिको जिम्मवारीले आफूलाई अझ बढि परिपक्व महसुस गर्न थालिन्छन् ।

वास्वतमा, एउटी महिला आमा बन्नु भनेको जीवनकै सबैभन्दा गाह्रो तथा पीडादायक क्षण हो । तर, सन्तान प्राप्तिपछि आमाले ती सबै दुःख, पीडा तथा कष्टलाई शिशुको आगमनसँगै बिर्सिन्छिन् । ९ महिनाको प्रतिक्षापछि आफ्नो गर्भबाट जब शिशु जन्मन्छ, नवजात शिशुको आगमनसँगै ती महिलाको घर तथा परिवारमा खुशीको लहर छाउँछ ।

यद्यपि, कुनै कारणवस् गर्भ तुहियो -मिसक्यारेज भयो) भने ती महिलाको जीवनमा खुशी आउनु अगाडि नै दुःखको पहाड र्झछ । उनका सबै सपनाहरु पुरा हुनु अगाडि नै टुक्रिन्छन् । त्यो दुःखदायी क्षण उनका लागि अरु केही हुँदैन ।

त्यस्तो अवस्थामा ती महिलाले छिट्टो भन्दा छिट्टो आफ्नो गर्भ पुनः भरियोस भन्ने चाहाना राख्छिन् । तर। त्यस्तो बेला हतार गर्दा पुनः उस्तै समस्या नदोहारिएला भन्न सकिँदैन । त्यसैले मिसक्यारेज भएको कति समयपछि पुनः गर्भवती हुन सकिन्छ अथवा हुन मिल्छ भन्ने बारेमा जानकारी हासिल गर्नैपर्छ ।

मिसक्यारेज भएको तीन महिनासम्म गर्भ बस्न दिनु हुँदैन । किन मिसक्यारेज भयो भन्ने बारेमा थाहा पाउनका लागि कम्तिमा तीन महिना पर्खनु नै पर्छ । जुन महिला भावनात्मक रुपबाट विचलित भएकी छिन्, ती महिलाले पुनः गर्भवीत हुनका लागि कम्तिमा ६ महिनादेखि एक वर्षसम्म प्रतीक्षा गरेकै राम्रो मानिन्छ ।

भावनात्मक रुपमा विचल्लित हुने लक्षणहरु

-आत्मग्लानि हुनु

-स-साना कुरामा धेरै रिसाउनु

-सधै दुःखी हुनु

-भोक नलाग्नु अथवा खाना खान मन नलाग्नु

-उत्तेजित भएको अनुभव गर्नु

-थकाईको अनुभव भएर पनि सुत्न नसक्नु

-आफ्नो शरीरमा नियन्त्रण नहुनु

-ध्यान केन्दि्रत गर्नमा समस्या आउनु

यस्तो अवस्थामा के गर्ने ?

चिकित्सकहरुका अनुसार मिसक्यारेज भएका महिलाले पुनः गर्भवती हुनका लागि केही समय पर्खनु बुद्धिमानी हुन्छ । यसले उनी भावनात्मक रुपमा स्थिर हुन सक्षम हुन्छिन् । यसका साथै शरीर पनि पुनः गर्भधारणका लागि तयार भैसकेको हुन्छ । तपाई भावनात्मक र शारीरिक रुपमा ठिक भएपछि मात्र तपाईको बच्चा गर्भमा सुरक्षित रहन्छ ।

विशेषज्ञका अनुसार मिसक्यारेज भएपछि कुनै पनि महिलालाई सामान्य स्थितिमा आउनका लागि कम्तिमा ६ हप्ता लाग्छ । मिसक्यारेज भएको तीन महिनापछि गर्भधारणको योजना बनाउनु सबैभन्दा सुरक्षित हुन्छ । यसको साथै आफ्ना डाक्टरसँग पनि सल्लाह लिनु पर्छ, जसले गर्दा दोस्रो पटक पनि मिसक्यारेज हुने सम्भावना नरहोस् । यदि दुई पटकसम्म पनि मिसक्यारेज भैइरह्यो भने विस्तृत रुपमा जँचाउनु पर्छ ।

के गर्नु हुँदैन ?

मिसक्यारेज भए पछि पनि हिम्मत हार्नु हुँदैन । मिसक्यारेज भएका धेरै महिलामा पुन मिसक्यारेज हुन्छ भन्ने डर बस्छ, तर त्यस्तो होइन । मिसक्यारेज भएपछि पनि ८५ प्रतिशत महिलाहरु सामान्य रुपमा गर्भधारण गरेका छन् । त्यस्ता महिलाको शरीर दुई-चार हप्तामा गर्भधारण गर्न तयार हुन्छन् ।

सामान्य स्थितिमा आउने कोशिश गर्नुहोस्

एउटी महिलाका लागि आफ्ना सन्तान गुमाउनु उनका लागि अति नै दुःखको कुरा हो । तर, सधैं त्यहि दुःखमा रहिरहनु भयो भने आफ्नो स्वास्थ बिगार्नुको साथै फेरी आमा बन्न अवसर पनि गुमाउन सक्नु हुन्छ । त्यसैले दुःख र डिप्रेशनबाट बच्नका लागि निम्न कुरामा ध्यान दिनुपर्छ ।

संक्रमणबाट बच्नुहोस्

संक्रमणबाट बच्नका लागि सरसफाईमा धेरै ध्यान दिनुहोस् । दिनहुँ निहाउनुहोस् । ब्लीडिङ भैरहेको छ भने स्विमिङ नगर्नुहोस् । मिसक्यारेज भएको दुई हप्ता सम्म यौनसम्पर्क नराख्नुहोस् । यदि दुई हप्तापछि यौनसम्पर्क राख्दा धेरै पीडा भयो भने डाक्टरलाई जँचाउनुहोस् । दैनिक गतिविधिहरु गर्दा सर्तक रहनुहोस् । धेरै महिलाहरु मिसक्यारेजको केही दिनमा नै आफ्नो सामान्य गतिविधिहरु प्रारम्भ गर्छन् । तर मिसक्यारेजको केहि समयसम्म आराम गर्नु आवश्यक हुन्छ ।

सामान्य व्यायाम गर्नुपर्छ

हल्का व्यायामले तपाईलाई मिसक्यारेजपछि हुने शारीरिक समस्याहरुसँग लड्न सहयोग गर्छ । यदि तपाइर्ंले नियमित व्यायाम गर्नु भयो भने तपाईंको तनाव पनि कम हुन्छ । मिसक्यारेजपछि प्रतिदिन ३० मिनेट डुल्नु स्वास्थको लागि फाइदाजनक हुन्छ । नियमित रुपमा डक्टरसंग सम्पर्क गर्नुपर्छ । नियमित रुपमा डक्टरलाई जचाउँदा आफुलाई ब्याक्टोरियाको संक्रमण भए-नभएको, सेक्सुअली ट्रान्समिटेड डिजीज र अन्य समस्याहरु छ-छैन भन्ने बारेमा पत्ता लगाउन सकिन्छ । जसले तपाईलाई दोस्रो गर्भधारणमा कुनै समस्या आउन दिँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment