+
+
Shares

मलेसियाविरुद्ध टस जितेर नेपाल ब्याटिङमा

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २९ गते ८:५९

२९ असार, काठमाडौं । टी-२० अन्तिर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपाल र मलेसियाबीचको अन्तिम खेल सुरु भएको छ ।

किनरारा क्रिकेट एकेडेमीमा नेपालले टस जितेर ब्याटिङ गरिरहेको छ । आजको खेलमा पनि जित हात पार्दै नेपाल सिरिज क्लीन स्वीप गर्ने लक्ष्यमा छ ।

कप्तान पारस खड्का र पवन सर्राफले ओपनिङ गरेका छन् । शनिबार ओपनिङमा गएका प्रदीप ऐरीको स्थानमा पवन सर्राफलाई मौका दिइएको छ । यसैगरी बसन्त रेग्मीको स्थानमा युवा बलर अभिनाष बोहरा छन् ।

यसअघि शनिबार भएको खेलमा नेपालले मलेसियालाई सात विकेटले पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?