+

मलेसियाविरुद्ध नेपाल ७ विकेटले विजयी, पारसको अर्धशतक

२०७६ असार  २८ गते ११:०४ २०७६ असार २८ गते ११:०४
मलेसियाविरुद्ध नेपाल ७ विकेटले विजयी, पारसको अर्धशतक

२८ असार, काठमाडौं । टी-ट्वान्टी सिरिजअन्तर्गत मलेसियाविरुद्धको पहिलो खेलमा नेपाल विजयी भएको छ । शनिबार बिहान क्वालालम्पुरस्थित किनरारा ओभलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको हो ।

१२९ रनको लक्ष्य नेपालले १८ ओभर ३ बलमा ३ विकेटको क्षतिमा भेटायो । नेपालको जितमा कप्तान पारस खड्काले अर्धशतक बनाए । ५० बल सामना गरेका उनले ८ चौका र ५ छक्काको मद्दतमा नटआउट ८६ रन बनाए । त्यस्तै शरद भेषाकरले १६, ज्ञानेन्द्र मल्लले ७, प्रदीप ऐरीले ८ र रोहित कुमार पौड्यालले ५ रन बनाए ।

बलिङतर्फ मलेसियाका अनुवर रहमानले दुई विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने गरेको मलेसियाले ९ विकेट गुमाउँदै १२८ रन बनाएको थियो । मलेसियाका लागि भिरन्दीपले ५७ रन बनाए । ४९ बल सामना गरेका उनले ७ चौका र १ छक्का प्राहार गरेका थिए । यसैगरी कप्तान फाइजले ४५ रन योगदान गरे ।

बलिङतर्फ नेपालका करन केसीले तीन विकेट लिए । बसन्त रेग्मी र सन्दीप लामिछानेले दुई-दुई तथा सोमपाल कामीले एक विकेट लिए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय