Comments Add Comment

फोन व्यस्त नराख्न दूरसञ्चार प्राधिकरणकाे आग्रह

२९ असार, काठमाठौं । नेपाल दूरसञ्चार प्राधिकरणले बाढी पहिरोले प्रभावित क्षेत्रमा उद्दारमा महत्वपूर्ण साधन टेलिफोन नेटवर्क व्यस्त नराख्न आग्रह गरेको छ । प्राधिकरणका अनुसार अविरल वर्षा र त्यसपछि आएको बाढीले प्रदेश नं १ र २ मा अप्टिकल फाइबर चुडिएको तथा विद्यूत आपूर्ति नहुँदा ठूलो संख्यामा बीटीएस टावर बन्द भएका छन् ।

यस अवस्थामा प्राधिकरणले वैकल्पिक उपाय अवलम्बन गरी दूरसञ्चार सेवा संचालनमा ल्याउन दूरसञ्चार सेवा प्रदायकलाई निर्देशन दिइएको प्राधिकरणले उल्लेख गरेको छ । प्रभावित क्षेत्रमा भइहरेको उद्धार कार्यमा प्रभावकारी सञ्चार सम्पर्क स्थापित गर्ने प्रयोजनका लागि नेटवर्क व्यस्त नगराउन प्राधिकरणले सरोकारवालासँग अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment