Comments Add Comment

बुटवल-पाल्पा सडक ६ बजेसम्मका लागि बन्द

२९ असार, बुटवल । पहिरो पन्छाएर दुईतर्फी यातायात सञ्चालनका लागि सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडक खण्ड साँझ ६ बजेसम्मका लागि बन्द गरिएको छ ।

दिउँसो केही घण्टा एकतर्फी यातायात सञ्चालन हुँदा पहिरो पन्छाउन वाधा परेकाले २ बजेदेखि ६ बजेसम्मका लागि सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

सडकमा झरेका ठूलाठूला ढुंगा पन्छाउन पहिरोको दुबैतर्फ २ वटा डोजरले काम गरिरहेका प्रहरीले जनाएको छ । शनिबार दिउँसो साढे २ बजे तिनाउ गाउँपालिका-३ हेडबक्स नजिकै पहिरो खस्दा ढुंगाले उछिट्याएर मोटरसाइकलमा सवार पाल्पा मित्यालका ३२ वर्षीय धनबहादुर सुनारीमगरको मृत्यु भएको थियो ।

सडकमा ढुंगे पहिरो खसेका कारण बुटवल-पाल्पा खण्ड सडक झण्डै २० घण्टा पूर्णरुपमा बन्द भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment