Comments Add Comment

मृतक परिवारलाई प्रदेश सरकारले १ लाख दिने

२९ असार, विराटनगर । बाढी र डुवानमा परेर मृत्यु हुनेको परिवारलाई प्रदेश १ सरकारले तत्काल १ लाख रुपैयाँ दिने भएको छ । प्रदेश सरकारले नियमित विपद कोषमार्फत तत्काललाई राहतस्वरुप १ लाख रुपैया दिन लागेको हो ।

प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री एव सरकारका प्रवक्ता हिक्मत कार्कीले बाढी र डुवानमा घाइते भएकाहरुको निःशुल्क उपचार गरिने जानकारी दिए ।

प्रदेश १ मा बाढी र डुबानका कारण जनधनको धेरै क्षति भएपछि प्रदेश मन्त्रिपरिषदको आइतबार अपरान्ह बैठक बोलाएको छ ।
मन्त्री कार्कीले भने, ‘विपदमा क्षतिको अवस्था र राहतका बिषयमा मन्त्रिपरिषद बैठकले थप निर्णय लिनेछ।’

अमेरिका भ्रमणमा रहेका मुख्यमन्त्री शेरधन राई स्वदेश फर्किसकेका र आइतबार विराटनगर आएलगत्तै आकस्मिक बैठक डाकिएको उनले बताए ।

मन्त्री कार्कीले बाढी र डुबानका कारण अबरुद्ध बाटो खुलाउने र तीनवटै सुरक्षा अंग परिचालन गरिएको जानकारी दिए । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीलाई बाढी र डुबानमा परेका मानिसको खोज तथा उद्धारमा परिचालन गरिएको पनि उनले बताए ।

प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेश १ मा बाढी र डुबानका कारण १४ जनाको मृत्यु भएको छ भने सात जना बेपत्ता भएका छन् । त्यसैगरी बाढी र डुवानका कारण ४ हजार बढी बिस्थापित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment