Comments Add Comment

शाहिदको पारिश्रमिकः ३ करोडबाट ३० करोड ?

यो वर्षकै ब्लकबष्टर फिल्म ‘कबिर सिंह’ को सफलतापछि अभिनेता शाहिद कपूर अहिले चर्चाको शिखरमा छन् । यो फिल्मलाई शाहिद कपूरकै करियरको सबैभन्दा ठूलो सफलताको रुपमा समेत लिइएको छ । यही फिल्मको सफलतासंगै अभिनेता कपूरले आफ्नो पारिश्रमिकको दर समेत बढणएका छन् । हालै एउटा समाचारमा जनाइए अनुसार अभिनेता कपूरले आफ्नो पारिश्रमिक ३ करोड भारुबाट बढाएर ३० करोड भारु पुर्‍याएका छन् ।

त्यसो त कबिर सिंहलाई शाहिदको पहिलो सोलो हिट फिल्म समेत मानिएको छ । यो फिल्मले सोच भन्दा बढि सफलता हासिल गरेको हो । जसका कारण शाहिदको भाउ स्वतः बढ्न पुग्यो । उनी बलिउडकै हट प्रोपर्टी बन्न पुगे । उनलाई यतिबेला नयाँ नयाँ फिल्मका साथै विज्ञापनहरुबाट समेत प्रसस्त प्रस्तावहरु आउन थालेका छन् ।

फिल्मका लागि त उनले आफ्नो पारिश्रमिक ३० करोड भारु बताइसकेका छन् । कबिर सिंहका लागि उनलाई ३ करोड भारु पारिश्रमिक दिइएको थियो । करिब सिंहको सफलतासंगै उनले आफ्नो पारिश्रमिकको दर बढाएका हुन् ।

तर, वास्तविक के छ भने शाहिदले आफ्नो पारिश्रमिकको दर बढाए पनि निर्माताहरुले भने त्यति ठूलो रकम दिन चाहिरहेका छैनन् । अब हेर्नुछ, शाहिदले आफ्नो पारिश्रमिकको दर थोरै घटाउँछन् कि त्यसैमा अडिग रहन्छन् ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment