 
																			३० असार, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रभावकारी रुपमा विपद् व्यवस्थापनका कार्यमा लाग्न निर्देशन दिएका छन्र । कर्णाली प्रदेश विपद व्यवस्थापन परिषदको सोमवार सम्पन्न बैठकमा मुख्यमन्त्री शाहीले फरकफरक प्रदेशमा फरक-फरक विशेषताको विपदको समस्या रहेको बताउँदै कर्णाली प्रदेशको सापेक्षता अनुसारको विपद प्रतिकार्य योजनाको आवश्यक रहेको बताए ।
मुख्यमन्त्री शाहीले वर्षायामको शुरुसँगै विपदका घटनाहरु बढिरहेको बताउँदै सरकारका सबै संयन्त्र एकीकृतरुपमा उद्धार तथा व्यवस्थापनका कार्यमा लाग्नुपर्ने बताए । विपद प्रभावितहरुको तत्काल उद्धार, उपचार, आवास तथा खाद्यान्नको प्रवन्धका लागि सबै निकाय एकीकृत रुपमा परिचालन हुनुपर्ने मुख्यमन्त्री शाहीको भनाइ छ ।
मुख्यमन्त्री शाहीले सरकारको तर्फवाट उद्धार तथा विपद व्यवस्थापनको कार्यमा कुनै पनि समस्या आउन नदिने प्रतिवद्धता व्यक्त गर्दै त्यसको लागि उद्धार तथा अन्य सामाग्रीको अभाव भएमा तत्काल सरकारलाई जानकारी दिन आग्रह गरे ।
उद्धारका लागि तीनवटै सुरक्षा निकायको टोलीलाई युनिफाईड कमाण्डमा परिचालन गरिएमा प्रभावकारी हुने बताउँदै मुख्यमन्त्री शाहीले त्यस्तो व्यवस्था गर्न सुरक्षा निकायलाई आग्रह गरे ।
मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश भित्रका कुनै पनि मुख्य राजमार्ग बाढी र पहिरोका कारण अबरोध उत्पन्न हुन नदिन निर्देशन गरेका छन् ।
उनले राप्ती लोकमार्ग, कर्णाली लोकमार्ग तथा जाजरकोट डोल्पा सडकमा डोजर सहितको टोलीलाई ४० किलोमीटरको दुरीमा क्याम्प खडा गरेर बस्ने व्यवस्था मिलाउन भौतिक पूर्वाधार मन्त्रालयलाई निर्देशन दिएका छन् । ‘बाढी र पहिरोका कारण आवागमण रोकिनु हुँदैन, बाढी पहिरोको समस्या आउने वित्तिकै सुरु हुनुपर्छ’ मुख्यमन्त्री शाहीले निर्देशन दिए ।
त्यसैगरि कर्णालीका दुर्गम जिल्लामा उद्धारकार्यलाई प्रभावकारी बनाउन सुर्खेतमा एउटा हेलीकोप्टर तयारी अवस्थामा रहने व्यवस्था गर्न पनि मुख्यमन्त्रीले निर्देशन दिएका छन् ।
डोल्पालगायतका जिल्लामा वाढी पहिरोमा परी मृत्यु भएका मृतकका परिवारलाई प्रति परिवार १ लाख रुपैयाँ हात दिने पनि प्रदेश विपद व्यवस्थापन परिषदले निर्णय गरेको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4