News Summary
Generated by OK AI. Editorially reviewed.- स्याङ्जाको बिरुवा गाउँपालिकाले मनकामना मन्दिरमा लाग्ने कोजाग्रत पूर्णिमा मेलाका अवसरमा ९ कात्तिकमा सार्वजनिक बिदा दिएको छ।
- गाउँपालिकाभित्रका सबै सरकारी कार्यालय, सार्वजनिक संघसंस्था, शिक्षण संस्था र बैंक तथा वित्तीय संस्था बन्द रहनेछन्।
- गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरका अनुसार प्रमुख धार्मिक आस्थाको केन्द्र मनकामना मन्दिरमा पूर्णिमा मेला लाग्ने भएकाले बिदा दिने निर्णय गरिएको हो।
८ कात्तिक, स्याङ्जा । स्याङ्जाको बिरुवा गाउँपालिकाले सोमबार सार्वजनिक बिदा दिएको छ ।
मनकामना मन्दिरमा लाग्ने कोजाग्रत पूर्णिमा मेलाका अवसरमा गाउँपालिकाले सार्वजनिक बिदा दिएको हो ।
गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरका अनुसार ९ कात्तिकमा गाउँपालिकाभित्रका सबै सरकारी कार्यालय, सार्वजनिक संघसंस्था र शिक्षण संस्था बन्द रहनेछन् ।
गाउँपालिका क्षेत्रभित्र रहेका बैंक तथा वित्तीय संस्थामा पनि सार्वजनिक बिदा दिइएको छ ।
बिरुवा गाउँपालिकाको प्रमुख धार्मिक आस्थाको केन्द्र मनकामना मन्दिरमा कोजाग्रत पूर्णिमाका अवसरमा पूर्णिमा मेला लाग्ने भएकाले बिदा दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष कुँवरले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4