+
+

इन्टरपोलमा नोटिस जारी गरिएका व्यक्ति नेपालमै भेटिए !

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ३१ गते ३:००

३० असार, काठमाडौं । विद्युतीय कारोवार ऐन अन्तर्गतको कसुर सम्बन्धी मुद्दामा अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) बाट नोटिस जारी गरिएका व्यक्ति नेपालमै पक्राउ परेका छन् ।

इन्टपोलबाट डिफ्यूजन नोटिस जारी गरिएका फरार प्रतिवादी राहदानी नम्बर ०९७०१५६२ बाहक गोरखा साविक मानवु-५ माझ गाँउवेशीका २४ वर्षीय सुरेश गुरुङ शनिबार काठमाडौंमा पक्राउ परेका हुन् ।

इन्टरपोल दोहा कतारको बोर्डर इमिग्रेसेन रेकर्ड अनुसार कतारमा रहेको गुरुङ २६ असारमा नेपाल आएका थिए । नेपाल प्रवेशपछि खोजतलास गर्ने क्रममा गोंगबुको मित्रनगरमा भेटेर पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

सुरेशले एक महिलालाई अश्लिल म्यासेज लेखेर पठाउने गरेको आरोप छ । पटकपटक उक्त हर्कत नगर्न अनुरोध गर्दा इमोमार्फत अपशब्द र धम्की दिने क्रमलाई नरोकेपछि प्रहरीमा उजुरी परेको थियो ।

विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुर मुद्दामा ८ वैशाखमा पीडितले काठमाडौं प्रहरी परिसर, टेकुमा उजुरी दिएका थिए । त्यसआधारमा प्रहरीको इन्टरपोल शाखाले इन्टरपोल महासचिवालयलाई डिफ्युजन जारी गर्न अनुरोध गरेपछि १७६ जेठमा उनीविरुद्ध डिफ्युजन जारी भएको थियो ।

पक्राउ परेका गुरुङविरुद्ध काठमाडौं प्रहरीले विस्तृत अनुसन्धान गर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?